टोकियो ।जापानको सेन्दाई शहरमा हृदयघातका कारण मृत्यु भएका पोखराका २७ बर्षिय बिकल थापाको शवलाई नेपाल पठाईने तयारी पुरा भएको छ ।
पोखरामा रहेको परिवारले मृतक थापाको शवलाई नेपाल ल्याईदिन अनुरोध गरेपछि कास्कि पोखरा समाज जापानले सहयोग सकंलन गरेको थियो । समाजले दिएको जानकारी अनुसार सेन्दाईबासी नेपालीहरु सहित जापानमा क्रियाशील संघ सस्था एंव जापानबासी नेपालीहरुगरी २३ लाख ६५ हजार ४ सय २४ जापानीज एन संकलन भएको कास्कि पोखरा समाज जापानका अध्यक्ष बिकास श्रेष्ठले बताउनु भयो । अध्यक्ष श्रेष्ठले थापाको शवलाई जनवरी १२ तारिख जापानबाट नेपाल पठाईने तयारी रहेको बताउदै, दुखको समयमा सहयोग गर्ने सबैलाई आभार ब्यक्त गर्नु भयो ।
बिगत ७ बर्ष देखि जापानको पूर्वउत्तरी शहर सेन्दाईमा श्रीमतीसगै बस्दै आएका थापाको ह्रदयघात भई मृत्यु भएको थियो। नेपालमा रहेको परिवारले मृतक थापाको शवलाई नेपालमा नै लैजान चाहेको भन्दै कास्कि पोखरा समाज जापानले सहयोगको लागि सबैमा अपिल गरेको थियो ।
केहि समय पहिले सेन्दाईमा नै पोखराका कै चिरंजीवी गिरीको सडक दूर्धटनमा परि मृत्यु भएको थियो ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




