एजेन्सी – चीनमा कोरोनाभाइरसका कारण ज्यान गुमाउनेको संख्या ८२ पुगेको छ । यसका साथै तीन हजार व्यक्ति यसबाट संक्रमित भएको पुष्टि भएको छ । चीनले नयाँ वर्षमा दिइएको बिदा पुनः तीन दिन थपेको छ । सार्वजनिक बिदा आइतबारसम्म लागू हुनेछ ।

हुबेईमा मृत्यु हुनेको संख्या ५६ बाट ७६ मा पुगेको छ । साथै, विभिन्न स्थान गरी ६ जनाको मृत्यु भएको छ । बुहान र त्यस आसपास शहरका स्थानीयलाई कतै निस्कन प्रतिबन्ध लगाइएको छ ।
चीन बाहेक अन्य देशमा ४४ जना संक्रमित भएको पुष्टि भएको छ यसमा नेपाल, भारत, जर्मनी, अमेरिका, अष्ट्रेलियालगायतका देश समावेश छन् । यद्यपि, चीन बाहिर कोरोना भाइरसका कारण कसैको पनि मृत्यु भने भएको छैन ।

सोमबार बेइजिङका अधिकारीले ५० वर्षे पुरुषको मृत्यु भएको पुष्टि गरेका छन् । साङ्घाइमा सरकारले फेब्रुअरी १० सम्म कसैलाई पनि काममा नफर्कन आदेश दिएको छ । उक्त प्रतिबन्ध मेडिकल संस्था, मेडिकल आपूर्तिकता र सुपरमार्केटबाहेक सबैमा लागू गरिएको छ ।
चीनमा कोरोनाभाइरसको स्थितीः
८२ जनाको मृत्यु
२,८२७ संक्रमित पुष्टि
५, ७९४ आशंका
४६१ गम्भीर अवस्थामा
५१ जना निको भएर अस्पतालबाट डिस्चार्ज
कोरोनाभाइरसको डरले अमेरिकाको सबै सर्जिकल मास्क सिद्धिए
अमेरिकामा कोरोनाभाइरस पुष्टि भएको केही घण्टापछि सिएटलका फार्मेसीका सबै सर्जिकल मास्क विक्री भएको छ । न्यूयोर्कका फार्मेसीमा मास्कको बढ्दो मागलाई सम्बोधन गर्न लस एन्जलसमा भण्डार गरेर राखिएका मास्क संकलन गरिएको रिपोर्टमा उल्लेख गरिएको छ ।

अमेरिकामा पाँचजनामाथि कोरोनाभाइरसको संक्रमण पुष्टि भएपछि पछिल्लो एक हप्तामा वासिङ्टन डिसीका सबै मास्क विक्रि भइसकेका छन् । ‘अमेरिकामा कोरोनाभाइरसको पहिलो बिरामी पुष्टि हुने बित्तिकै मैले तत्काल एक बाकस मास्क अनलाइनमार्फत् अर्डर गरेको थिएँ,’ युनिभर्सिटी अफ वासिङ्टनमा अध्ययनरत तिना लुइले जानकारी दिइन् ।
सन् २०१९ को डिसेम्बर ९ मा फोक्सो सम्बन्धि रोग निम्त्याउने कोरोनाभाइरसको पहिलो संक्रमित व्यक्ति चीनको बुहानमा भेटिएका थिए । अहिलेसम्म यो रोगका तीन हजार संक्रमित भइसकेको पुष्टि भइसकेको छ ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




