रोल्पा । जिल्ला अस्पताल रोल्पामा १८ विर्षीया एक किशोरी भेटिइन्, जो आमा बनिसकेकी छिन् । आफ्ना दुई वर्षीय छोरालाई रुघाखोकी र ज्वरोले सताएपछि उनी अस्पताल आएकी हुन् । झट्ट हेर्दा आमा भनेर पत्याउन गाह्रो पर्ने उनी रोल्पा नगरपालिका दार्बोटकी जयकला परियार हुन् । लहलहैमा लागेर १५ वर्षको उमेरमा विवाह गरेकी उनले १६ वर्षकै उमेरमा बच्चा जन्माएकी हुन् ।
पढाइ छाडेर सानै उमेरमा बिहे गरेकी जयकला अहिले आफ्ना दौंतरीहरूले विद्यालय गएको देख्दा नरमाइलो मान्छिन् । हाल वैदेशिक रोजगारीमा गएका पतिले पनि खासै नपढेको उनले सुनाउँछिन् । ‘सानैमा बिहे गर्दा पढाइ बिग्रियो, खेल्नेपढ्ने उमेरमा बच्चा हुर्काउनुपरेको छ,’ उनी भन्छिन्, ‘श्रीमान् बिदेसिए पनि घरपरिवारलाई रिझाएर बस्नुपरेको छ ।’ बालविवाह अन्त्य नहुँदा रोल्पामा अझै बर्सेनि जयकलाजस्ता सयौं किशोरी आमा बनिरहेका छन् ।
गत शुक्रबार पश्चिम रोल्पाकी १५ वर्षीया गर्भवती अस्पताल आइन् । डा। प्रकाश बुढाले भिडियो एक्सरे गरे । उनको पेटमा बच्चा उल्टो बसेको देखियो। सानो उमेरकी गर्भवती भएकाले उनलाई सुविधा सम्पन्न अस्पतालमा लैजान सल्लाह दिइयो । करिब ६ घन्टाको पारिवारिक छलफल र आर्थिक जोरजाम गरेर उनलाई बाहिर लगियो । त्यस्तै पूर्वी रोल्पाको सुलीचौरमा एक १७ वर्षीया किशोरी बिहे गरेको चार महिनामै गर्भवती भइन् ।
बच्चा जन्माउने रहर नभएकी उनले निजी अस्पतालबाट पाँच हजार तिरेर गर्भपतन गराउने औषधि खाइन् । भोलिपल्ट अत्यधिक रगत बगेपछि प्युठान अस्पतालमा पुगेर पाठेघर सफा गराइन् । अहिले उनी बालविवाह र अनपेक्षित गर्भप्रति पश्चात्ताप गर्छिन् । यी त केही प्रतिनिधि घटना मात्र हुन् । यस्ता फरकफरक कथा यहाँका अस्पताल वा स्वास्थ्य संस्थामा दैनिक देखिन्छन् ।
रोल्पा जिल्ला अस्पतामा यो आर्थिक वर्षको ६ महिनाको अवधिमा दुई सय ३८ सुत्केरी भएकोमा ५१ जना २० वर्षमुनिका थिए । तीमध्ये आठजनाको अवस्था जटिल देखिएपछि शल्यक्रिया गर्नुपरेको अस्पतालको तथ्यांकले देखाएको छ । अस्पतालको तथ्यांकअनुसार अघिल्लो ६ महिनामा औषधि सेवन तथा उपकरण प्रयोग गरेर एक सय एकजनाको गर्भपतन गरिएकोमा सातजना २० वर्षमुनिका थिए ।
त्यसैगरी विभिन्न महिलाका तीन सय ८६ पटक गर्भ जाँच गरिएकोमा ६२ पटक २० वर्षभन्दा कम उमेरका किशोरीको गर्भ जाँच भएको थियो । त्यसो त यहाँ गर्भनिरोधका साधन प्रयोगकर्तामध्ये २० वर्षमुनिका किशोरी धेरै रहेको तथ्यांकले देखाएको छ ।
दैनिक विभिन्न उमेरका गर्भवतीको गर्भ जाँच गर्ने रोल्पा अस्पतालकी स्टाफ नर्स मीना कवर बालविवाह बढिरहेको देखेर दिक्क छिन् । ‘देख्दै साना हुन्छन् तर गर्भजाँचका लागि आउँछन्,’ उनी भन्छिन्, ‘यहाँ जँचाउन आउनेभन्दा अस्पताल नै नआउनेको संख्या पनि ठूलो होला ।’ बालविवाह न्यूनीकरणतर्फ सबैको ध्यान जानुपर्ने कवर बताउँछिन् । ‘त्यसतर्फ ध्यान दिइएन भने स्वस्थ परिवारको संख्या घट्दै जानेछ,’ उनी भन्छिन्।
सानो उमेरको विवाहका कारण पढाइ बिग्रनु त छँदै छ, त्योभन्दा ठूलो समस्या किशोरीहरू थप जोखिममा परिरहेका छन् । स्थानीय सरकारले बालविवाह न्यूनीकरण गर्ने भनेर विभिन्न योजना ल्याउने गरे पनि कार्यान्वयन प्रभावकारी हुन सकेको छैन । गाउँगाउँमा कानुनविपरित विवाह भइरहँदा कहीँकतैबाट नियन्त्रणका लागि ठोस पहल नथालिनु दुखद भएको स्टाफ नर्स कवर बताउँछिन् ।
लामो समयदेखि रोल्पा अस्पतालमा जटिल अवस्थाका सुत्केरीको शल्यक्रिया गर्दै आएका डा। प्रकाश बुढा जिल्लामा किशोरीहरू आमा बनिरहेको देखेर अचम्मित छन् । सरोकारवाला निकायले यसतर्फ खासै चासोसमेत नदिएको उनको बुझाइ छ । ‘हरेक हिसाबले बालविवाह गर्दा नकारात्मक असर गर्छ। झनै स्वास्थ्यका हिसाबले त गर्नु नै हुँदैन,’ डा। बुढा भन्छन्, ‘यहाँ विवाह गर्नेहरूले बच्चा जन्माउन पनि उत्तिकै हतार गर्ने गरेको पाइन्छ ।’
गाउँगाउँमा बालविवाह व्यापक रूपमा भइरहँदा प्रहरीकोमा उजुरीसमेत पर्दैन । बालविवाह भइरहेको थाहा पाए पनि प्रहरीले त्यसविरुद्ध कुनै गतिविधि गर्दैन । ‘प्रहरीले उजुरी पर्खनु त्यति राम्रो होइन, सुनेदेखेपछि एक्सनमा जानुपर्ने हो तर रोल्पामा सरोकारवाला सबै निकाय बालविवाहका सवालमा मौनजस्तै देखिन्छन् ।’
पत्रकार महासंघ रोल्पाका अध्यक्ष महेश न्यौपाने भन्छन्, ‘जिल्लामा बालविवाह जटिल बन्दै गइरहेको छ।’ स्थानीय तहका जनप्रतिनिधि मतदाता बिच्किने डरले विरोधमा बोल्दैनन् । कतिपय जनप्रतिनिधि त बालविवाहको भोज खानसमेत पुग्ने गर्छन् । हरेक गाउँबाट दर्जनौं बालबालिका मजदुरी गर्न वा बालविवाह गरेका कारण विद्यालय छाड्ने गर्छन् तर स्थानीय सरकारले यस्ता विषयमा ध्यान केन्द्रित गर्न सकेको छैन । आजको नागरिक द्रनिकमा समाचार छ ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




