एजेन्सी । चीनको हुबेइ प्रान्तमा कोरोनाभाइरसको संक्रमणका कारण बिहीबार एकै दिन १ सय १६ जनाले ज्यान गुमाएका छन् । योसँगै देशमा ज्यान गुमाउनेको सङ्ख्या १४ सय ८३ जना पुगेको चीनले जनाएको छ ।
अहिले कोभीड–१९ नाम दिइएको यो भाइरस हुबेईको उहानबाट गत डिसेम्बरको अन्त्यमा उत्पत्ति भएको मानिएको छ । यस भाइरसबाट थप ४ हजार ८ सय २३ जना संक्रमित बनेका छन् । अहिले प्रान्तमा ५१ हजार ९ सय ८६ जना यसबाट संक्रमित छन् भने देशभर यो सङ्ख्या ६५ हजार नजिक पुगेको छ ।
हालसम्म २५ देशमा यस रोगको रोगको संक्रमण फैलिएको छ । हालसम्म चीनभन्दा बाहिर हङकङमा एक जना र फिलिपिन्समा एक जना तथा जापानमा एक जनाले ज्यान गुमाएका छन् ।
हुबेइ प्रान्तमा ज्यान गुमाउनेको सङ्ख्यामा वृद्धि भएसँगै चिनियाँ कम्युनिस्ट पार्टीले प्रान्तका प्रमुखलाई पदबाट हटाएको छ । सिन्ह्वाका अनुसार जियाङ चाओलियाङको स्थानमा संघाईका पूर्व मेयर यिङ योङलाई हुबेई प्रान्तीय कमिटीका नयाँ सेक्रेटरी चयन गरिएको छ ।
यसअघि अन्य पार्टी अधिकारीहरुलाई पनि पदबाट हटाइएको थियो । हुबेईका स्वास्थ्य आयोगका प्रमुख झाङ जिन र निर्देशक लियु यिङ्झीलाई पदबाट हटाइएको थियो ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




