काठमाडौं । कोरोनो भाइरसको महामारी फैलिएको चीनको वुहान सहरबाट उद्दार गरी नेपाल ल्याइएका १७५ जनालाई खरिपाटीस्थित क्वारेन्टाइनमा लगिएको छ । त्रिभुवन विमानस्थलमा आवश्यक स्वास्थ्य परीक्षणपछि उनीहरुलाई क्वारेन्टाइनमा लगिएको हो ।
सो स्थानमा उनीहरुलाई बस्न विशेष व्यवस्था मिलाइएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सम्भावित जोखिमलाई मध्यनजर गर्दै विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार नै उनीहरूलाइ राखिने जनाएको छ।
विमानस्थलमा परीक्षणका क्रममा कसैको स्वास्थ्यमा पनि समस्या देखिएको छैन । तर, क्वारेन्टाइनमा बसेका सबैको हरेक दिन दुई पटक ज्वरो नाप्नुका साथै स्वास्थ्य परीक्षण गरिनेछ । क्वारेन्टाइनमा ज्वरो नाप्न पनि हरेकका लागि अलग थर्मोमिटरको व्यवस्था गरिएको छ।
स्वास्थ्य मन्त्रालयबाट खटिएका स्वास्थ्यकर्मीको टोलीले उनीहरु सबैको २४ घन्टाभित्र थ्रोट स्वाब ९घाँटीको र्याल० को नमुना झिकेर प्रयोगशालामा पठाउने छन् भने १४ औं दिनमा पनि पुनः र्यालको नमुना परीक्षण हुनेछ ।
क्वारेन्टाईनमा करिब ६० कोठामा एक जनादेखि तीन जनासम्म बस्नेगरी व्यवस्था मिलाइएको छ भने ६ जनाले एउटा शौचालय प्रयोग गर्नेछन् ।
क्वारेन्टाईनमा खाना, पानी, शौचालय, स्वास्थ्य उपचार, संक्रमण रोकथाम तथा नियन्त्रणको सबै व्यवस्थापन गरिएको छ।
विशेष स्वास्थ्य जाँचका लागि क्लिनिकको व्यवस्था गरिनेछ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




