एजेन्सी । सुरुवाती कम्प्युटरका ‘आइकन’ ल्यारी टेस्लरको ७४ वर्षको उमेरमा निधन भएको छ । अधिकांश मानिसको पहुँचबाट कम्प्युटर टाढा रहेको समयमा ल्यारीले सन् १९६० को शुरुवातदेखि सिलिकन भ्यालीमा काम गर्न सुरु गरेका थिए ।
उनले नै ‘कट’, ‘कपी’ र ‘पेस्ट’ जस्ता कमान्डको निर्माण गरेका थिए जसले गर्दा व्यक्तिगत कम्प्युटर सिक्न र प्रयोग गर्न सजिलो भएको थियो ।उनले अधिकांश समय काम गरेको ‘जेरक्स’ कम्पनीले उनको निधनप्रति श्रद्धाञ्जली अर्पण गरेको छ ।
‘कट, कपी र पेस्ट, फाइन्ड एण्ड रिप्लेस लगायतका आविष्कारक जेरक्सका पूर्व अनुन्धानकर्ता ल्यारी टेस्लर थिए,’ कप्पनीले ट्वीटमा भनेको छ, ‘तपाईंले गर्ने दैनिक काम उनकै क्रान्तिकारी विचारले सजिलो बनेको छ ।’
टेस्लरको जन्म सन् १९४५ मा अमेरिकाको न्युयोर्कमा भएको थियो । उनले क्यालिफोर्नियाको स्टानफोर्ड विश्वविद्यालयमा अध्ययन गरेका थिए । विश्वविद्यालयबाट ग्राजुएसन सकेपछि उनले आफ्नो जीवन कम्प्युटर सिस्टमको प्रयोगलाई सहज बनाउन व्यतित गरेका थिए ।
उनले लामो समय जेरोक्स कम्पनीमा काम गरे भने १७ वर्ष एप्पल कम्पनीमा मुख्य वैज्ञानिको रुपमा पनि काम गरे । त्यस्तै, एमाजन र याहूमा पनि उनले केही समय काम गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




