काठमाडौं । एक घाइते युवतीको उद्धारका लागि हेलिकप्टर उड्न नमान्दा ज्यान गुमाउनु परेको छ । रुखबाट घाइते बनेकी शारदा नगरपालिका–८ निवासी २१ वर्षीया कल्पना आचार्यको हेलिकप्टरबाट उद्धार हुननसक्दा निधन भएको हो ।
आचार्यका दाई सिद्धार्थ गौतमले सामाजिक सञ्जालमा स्टाटस लेख्दै सो दुःखद घटनाको बारेमा जानकारी गरेका छन् । दुर्घटना भएको १८ घण्टासम्म पनि हेलिकप्टरबाट आफ्नो बहिनीको उद्धार हुन नसकेको र अन्ततः ज्यानै गुमाउनु परेको भन्दै गौतमले लेखेका छन्, ‘केक बोक्न हेलिकप्टर प्रयोग गरिन्छ तर बिरामी बोक्न सम्पूर्ण कागजात तयार गर्दा नि उडाउन मिल्दैन । माफ गर बहिनी ।’
उनले समाजिक सञ्जालमा लेखेका छन्,
उनी मेरी फुपुकी छोरी बहिनी,
गत फागुन ४ गते रुखबाट लडेर गम्भीर घाइते भएकी शानपा–८ सल्यानकी २१ वर्षीय कल्पना आचार्यको उपचार काठमाडौँमा मात्र सम्भव भएको र उनलाई हेलिकप्टरबाट मात्र उद्धार गर्न सकिने सल्यान अस्पतालका डाक्टरहरुले सिफारिस गरे । एम्बुलेन्सबाट उद्धार गर्दा बाटोमै मृत्यु हुन सक्ने डाक्टरहरुको भनाइ थियो ।
यो परिस्थितिको सृजना पछि शानपा प्रमुख, प्रदेशका मन्त्री, प्रदेश सभासद, प्रमुख जिल्ला अधिकारी, केही सामाजिक कार्यकर्ता लगाएतले हेलिकप्टरबाट उद्धारको प्रयास गरे ।
प्रयासस्वरुप सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशले उद्धार खर्च ब्यहोर्ने सहमती भयो । कागजको ओहोर दोहोर र कागजले काठमाडौँ, सुर्खेत सल्यानको फन्को लगाउदै गर्दा बिरामी रुखबाट लडेको करिव ९ घण्टा बितिसकेको थियो ।
कागजी प्रकृया पूरा गरि गृहमन्त्रालयमा पुगेको केही समयपछि मन्त्रालयले भनिदियो, ‘अहिले हेलिकप्टर उडाउन सकिँदैन ।’
हेलिकप्टरबाट छोरीको उद्धार गरि छोरीलाई निको बनाउने अभिलाशा राखेका घाइतेका बा, आमा, नातागोता मन्त्रालयको यो जवाफले निराश भए र रुख बाट लडेको करिव १८ घण्टा पछि राति कल्पनाको दुःखद निधन भयो ।
बिडम्बना !
सबैले चाहदाचाहदै, बच्ने सम्भावना रहँदारहँदै पनि राज्यले एउटा नागरिक बचाउन सकेन । राज्यका अङ्गहरु परिचालित हुँदाहुँदै पनि एउटा मिसन पुरा हुनसकेन ।
तत्काल र निरन्तर गर्नुपर्ने कुरामा पनि हाम्रो राज्य सम्यन्त्र किन प्यारालाइज्ड देखिन्छ रु यी कागजी प्रकृया र भनसुनबाहेक नागरिकले तत्काल सेवा पाउने अर्को संयन्त्र तयार गर्नुपर्ने हो कि रु राज्य संयन्त्र निर्देसित मात्र देखियो, यसलाइ उत्तरदायी र मानवीय बनाउन ढिलो हुँदै छ कि रु तिमी यस्तो देश मा जन्म लिएकी थियौ जहाँ केक बोक्न हेलिकप्टर प्रयोग गरिन्छ तर बिरामी बोक्न सम्पूर्ण कागजात तयार गर्दा नि उडाउन मिल्दैन । माफ गर बहिनी ।
हार्दिक श्रद्धाञ्जली बहिनी ।
तिम्रो आत्माले शान्ति पाओस् ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




