काठमाडौं । ‘भाइ ‘प्लिज’ यता आउनुस् न, कता उता जान लाग्नु भा, यहाँ पनि फर्म भरिन्छ,’ एक महिलाले यस्तो आग्रह गरेपछि ती युवक चारित्रिक प्रहरी प्रमाणपत्र (चालचलन) को फर्म भर्न उनकै पसलमा पुग्छन् ।
‘पैलेपैले फर्म भर्नेहरूको मारामार हुन्थ्यो, आजकल त पसल खोलेको एक घण्टा भइसक्दा समेत बोहनी नै भएको छैन,’ महानगरीय प्रहरी कार्यालय रानीपोखरी परिसरमा एकथान फोटोकपी मेसिन राखी चारित्रिक प्रहरी प्रमाणपत्रको फर्म भर्दै गरेकी ती महिलाले गुनासो थियो ।
रत्नपार्कको आकाशेपुल तल लहरै सटर छन् । ती सटरमा चियानास्ता पसलसंँगै १२ वटा फोटोकपी मेसिन राखिएका छन् । अन्य पसलले पनि ती महिलाले जस्तै आफ्नो अगाडिबाट आउजाउ गर्ने जो–कोहीलाई ‘प्लिज’ भन्दै फर्म भर्न आग्रह गर्छन् ।
विभिन्न प्रयोजनका लागि चारित्रिक प्रहरी प्रमाणपत्र प्राप्त गर्न नेपाल प्रहरीले चालचलन सम्बन्धी फर्महरू निःशुल्क रूपमा उपलब्ध गराउँदै आएको छ । तर सो फर्म भरिदिएबापत फोटोकपी मेसिन पसलेले ७० रुपियाँसम्म लिने गर्छन् ।
फर्म भर्ने कार्यसँगै नागरिकता र राहदानीसहित अन्य कागजपत्रको फोटोकपी अनिवार्य भएकाले यस्ता पसल केही महिनाअघिसम्म निकै फस्टाएका थिए । दैनिक २५, ३० जना ग्राहक आए पनि तीन, चार हजार रुपियाँ कमाइ हुन्थ्यो । चारित्रिक प्रमाणपत्र लिन आउनेहरूको भीड रानीपोखरीमा थेगिनसक्नु हुन्थ्यो । तर बिहीबार बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म स्थलगत अवलोकन गर्दा त्यस्तो अवस्था देखिएन ।
चालचलन कक्षका प्रहरी कर्मचारीमा कामको हतारो थिएन, फोटोकपी पसलेहरू ग्राहक बोलाइरहेका देखिन्थे । अनलाइनले प्रहरी प्रधान कार्यालय कार्य तथा अपराध अनुसन्धान विभागले चालचलनसम्बन्धी फर्म भर्न भीड लाग्नुपर्ने बाध्यता अन्त्य गरेसँगै यस्तो अवस्था आएको हो ।
रानीपोखरीका साथै महाराजगञ्ज, गौशाला, कालिमाटी, ललितपुर र भक्तपुर गरी उपत्यकामा छ स्थानबाट सो सेवा उपलब्ध हुँदै आएको छ । सातवटै प्रदेश प्रहरी कार्यालयबाट समेत चालचलन सम्बन्धी फर्म लिनका साथै प्रमाणपत्र वितरण हुँदै आएको छ ।
नेपाल प्रहरी दिवसको अवसरमा गत कात्तिकबाट चारित्रिक प्रमाणपत्र लिनका लागि अनलाइन फर्म सेवा सुरु गरेसँंगै थप सहज भएको छ ।आजको गोरखापत्र दैनिकमा समाचार छ ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




