काठमाडौं । कोरोना भाइरसको कारण एक जनाको ज्यान गएपछि अमेरिकाको क्यालिफोर्निया राज्यमा आपतकाल घोषणा गरिएको छ । क्यालिफोर्नियामा ७१ वर्षीय वृद्धको अस्पतालमा मृत्यु भएको हो, जो जहाज चढेर सानफ्रान्सिस्कोबाट मेक्सिको गएका थिए । क्यालिफोर्नियामा कोरोनाबाट मृत्यु भएको यो पहिलो घटना हो ।
अमेरिकी अधिकारीहरुका अनुसार देशभर स्वास्थ्य परीक्षण गर्दा १६ वटा राज्यमा कम्तिमा १५० जना कोरोना भाइरस संक्रमित फेला परेका छन् । अमेरिकामा मृत्यु भएका ११ जनामध्ये १० जना वाशिङ्गटन डिसी राज्यका छन् ।
कोरोना भाइरसको संक्रमण फैलिएर टेक्सास र नेब्रास्कामा समेत पुगेको छ । संक्रमणदर बढ्दै गएपछि वाशिङ्गटन र फ्लोरिडा राज्यले एक हप्ताको बीचमा आपतकाल घोषणा गरेका थिए । वाशिङ्गटन र फ्लोरिडा राज्यमा पनि एक हप्ताको बीचमा आपतकाल घोषणा गरिएको थियो ।
अधिकारीहरुका अनुसार विश्वभर ९४ हजार बढी संक्रमित छन्, तीमध्ये ८० हजार जना चीनमा मात्रै छन् । विश्वभर ३ हजार २ सय जनाको कोरोनाकै कारण मृत्यु भएको छ । चीनमा मात्रै २ हजार ९ सय ८१ जनाको मृत्यु भएको छ ।
इटलीका विद्यालयहरु बन्द
कोरोना भाइरसको संक्रमण जटिल बन्दै गएपछि युरोपियन देश इटलीले देशभरका विद्यालय बन्द गर्न निर्देशन दिएको छ । कोरोना भाइरससँग जुध्न बिहीबारदेखि १० दिनसम्म देशभरका विद्यालय बन्द गरिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।
त्यस्तै, देशभित्र हुने खेल प्रतियोगितामा पनि इटलीले प्रतिबन्ध लगाएको छ । यस्तो निर्णयसँगै सिरी–ए फुटबल स्थगन हुने भएको छ । चीन उद्गम भएर फैलिएको कोरोना इटलीका २० क्षेत्रमध्ये १९ मा फैलिएको छ । जसका कारण हालसम्म १ सय ७ जनाको ज्यान गएको छ । बीबीसीका अनुसार, ३ हजारभन्दा बढीमा संक्रमण फेला परेको छ । इटलीका प्रधानमन्त्री ज्युसेप कोन्टेले स्वास्थ्य सेवा खतरामा रहेको बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




