काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार अस्पतालबाट डिस्चार्ज भएका छन् । गतहप्ता बुधबार त्रिवि शिक्षण अस्पतालमा मृगौला प्रत्यारोपण गराएका ओली शुक्रबार साँझ डिस्चार्ज भएका हुन् । चिकित्सकहरुले प्रधानमन्त्री ओलीको भाइटल र ल्याब सूचकहरु राम्रो अवस्थामा रहेको बताएका छन् ।
प्रधानमन्त्री ओलीको स्वास्थ्यमा उल्लेख्य सुधार भएपछि डिस्चार्ज गरिएको त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्रेमकृष्ण खड्गाले बताए । प्रधानमन्त्रीको उपचार खर्च अनुमानित ५ देखि ६ लाख लागेको पनि उनले जानकारी दिए । अरु सर्वसाधारण नागरिकको जति नै प्रधानमन्त्रीको उपचार खर्च आएको पनि उनले बताए ।
डिस्चार्जपछि पनि प्रधानमन्त्री नियमित फलोअफमा रहने उनका नीजि चिकित्सक डा। दिव्यासिंह शाहले विज्ञप्तिमार्फत जानकारी दिएका छन् । आवश्यक सतर्कताका साथ आफ्नो नियमित सबै काम गर्न सक्ने अवस्थामा प्रधानमन्त्री भएपनि नियमित चिकित्सकको निगरानीमा रहनेछन् ।
प्रधानमन्त्री डिस्चार्ज हुनुअघि मन्त्रीहरु अस्पताल पुगेका थिए । मृगौला प्रत्यारोपण गराएको १० औं दिन डिस्चार्ज एका ओलीलाई उनकी भाञ्जी समीक्षा संग्रौलाले मृगौला दिएकी थिइन् । संग्रौला यसअघि नै डिस्चार्ज भएकी थिइन् । प्रधानमन्त्री ओलीको १२ वर्षअघि भारतको एपोलो अस्पतालमा मृगौला प्रत्यारोपण गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




