अछाम । सदरमुकाम मङ्गलसेन बजारको एक छेउमा रहेको सानो घरको आँगनमा झुप्री विक बञ्चरोले मुढा चिर्दै थिइन् । खाना पकाउने दाउरा बाल्न चिर्दै गरेको मुढा पनि उनले आफैँ जङ्गलबाट ल्याएकी हुन् । यो घरमा ३३ वर्षीया विक बूढीसासू आमाको स्याहारको समेत जिम्मेवारी लिएर बस्दै छिन् ।
श्रीमान् रोजगारीको खोजीमा भारत गएपछि घरको सम्पूर्ण काम विकको थाप्लोमा छ । विकले दाउरा बोक्ने, चिर्ने, भारी बोक्ने, बारी खन्ने सबै काम आफैँ गर्छु । घरमा पकाउने, खुवाउने, सरसफाइ गर्ने काम आफ्नै हो आफ्नो दैनिक कामको बेलिविस्तार लगाइन् ।
भारत गएका श्रीमानको कमाइले मात्र घर नधानेपछि कहिलेकाहीँ उनी मजदुरी पनि गर्छिन् । उनले आफ्नो बारीको खेतीले खान पुग्दैन । उताबाट पठाए खाने हो । कहिलेकाहीँ पठाउँछन् । उता कति कमाइ हुन्छ उनलाई थाहा छैन ।
अछामकै विरालतोलीकी २५ वर्षीया देवकला नेपालीका पनि श्रीमान् घरमा छैनन् । मजदुरी गर्न उनका श्रीमान् तीन वर्षदेखि भारतमा छन् । आधा घण्टाको पैदल दूरीमा रहेको धाराबाट पानी ओसार्नेदेखि खेतीपातीको सम्पूर्ण व्यवस्थापन उनकै जिम्मेवारी हो । मेरा तीन सन्तान छन् । उनीहरूलाई खुवाउने पिलाउन साह्रै दुःख छ भनेर दुखेसो पोखिन् ।
उमेर पुगेका पुरुष सदस्य कमाउन भारत जाने सुदूरपश्चिमको आम चलन रहँदै आएको छ । कोही नियमित केही मौसमी रोजगारीका लागि पुरुष भारत जाँदा नेपालको घर सम्हाल्ने सम्पूर्ण जिम्मेवारी महिलाले काँधमा लिँदै आएका छन् । घरमा बूढाबूढी र केटाकेटीको हेरचाह गर्ने जिम्मेवारी महिलाको मात्र हुँदै आएको छ ।
मङ्गलसेन नगरपालिका–३ का वडाध्यक्ष पदमबहादुर भाटले खेतीपातीको काम र मजदुरी गर्दा बालबालिकालाई हेरचाह पुग्दैन । काम नगरे खुवाउन पनि धौ–धौ हुने भएकाले बालबालिकामा कुपोषण देखिन्छ । श्रम गर्न सक्ने पुरुष जति विदेश जाँदा महिलालाई थेग्नै नसक्ने भूमिकाको भार पर्दै आएको उनको भनाइ छ ।
गर्भवती, सुत्केरी, बिरामी अवस्थामा समेत महिलालाई सघाउने पुरुष नहुँदा महिला स्वास्थ्यमा कमजोर रहेको स्वास्थ्यकर्मी बताउँछन् ।
सुदूरपश्चिमका पहाडी गाउँबस्तीका घरमा महिला, केटाकेटी र ज्येष्ठ नागरिक बाहेक पुरुष कमै देख्न पाइन्छ । मजदुरीका लागि सजिलो गन्तव्य भारतका विभिन्न सहर तथा गाउँ भएका कारण कोही भारत नगएको कुनै घर नै भेटिन मुस्किल हुने जनप्रतिनिधि बताउँछन् । यसरी भारत गएका पुरुषका घर भने आमा र श्रीमतीले धान्दै आएका छन् । जनप्रतिनिधिका अनुसार नेपालको श्रमशक्ति भारतमा जाँदा यहाँको विकास निर्माणको काममा कहिलेकाहीँ मजदुरको अभाव हुने गरेको छ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




