जनकपुर । भारतको विहारमै कोरोनाबाट मानिसको ज्यान गएपछि थप सतर्कता अपनाउनुपर्ने प्रदेश २ को सीमा नाकामा भने हेल्चक्र्याइँ रोकिएको छैन। थोरै जनशक्ति, सीमित स्वास्थ्य उपकरण र एउटै टोली दिनभर सीमामा खटिनुपर्ने बाध्यताले पनि सीमाबाट कोरोना भित्रिने जोखिम बढेको छ।
आवतजावतका लागि खुला रहेको धनुषाको एकमात्र मुख्य नाका जटहीमा स्वास्थ्य जाँचका लागि नगराइन नगरपालिकाले दुईजना स्वास्थ्यकर्मीसहितको टोली हेल्प डेस्कमा राखेको छ। कोरोना भाइरसको संक्रमण फैलिन नदिन भारतबाट दैनिक आउने सयौं सर्वसाधारणका लागि एक सिफ्टमा मात्र एकजना स्वास्थ्यकर्मी खटाइएको छ।
सामान्य कपडाको मास्क लगाएका स्वास्थ्यकर्मीसँग पन्जा र सेनिटाइजरको व्यवस्थासमेत नरहेकाले उनीहरुले खुला हातले नै स्वास्थ्य परीक्षण गरिरहेका छन्। एक सिफ्टमा एकजनाले मात्रै स्वास्थ्य जाँच गरिरहेकाले भारतबाट नेपालतर्फ फर्किरहेका कतिपय व्यक्ति निर्बाध रुपमै नेपाल प्रवेश गरिरहेका छन्।
आइतबार जटही सीमा हुँदै भारतको उत्तरप्रदेश र विहारबाट फर्किरहेका नेपाली चेकजाँचबिनै भित्रिँदै थिए। एक्लै रहेकाले दिसा पिसाबका लागि जाँदा आगन्तुक त्यत्तिकै प्रवेश गर्न सक्ने अवस्था रहेको स्वास्थ्य परीक्षक मनिलाल कर्णले बताए।
मोटरसाइकलमा फर्किरहेका व्यक्तिलाई सशस्त्र प्रहरीले रोकेर स्वास्थ्य परीक्षण गराउन पठाइरहेका छन् भने कतिपय प्रहरीलाई नटेरेर त्यत्तिकै पनि भागिरहेका छन्।
हेल्मेटै नलगाएर तीनजना बसेको नम्बर नखुलेका मोटरसाइकल र विहार नम्बर प्लेटका गाडीमा सवार व्यक्ति नेपालतर्फ प्रवेश गरिरहँदा प्रहरी निरीह छन्।
‘उताबाट आउने कतिपयलाई रोक्न खोज्दा कोरोना भाइरस नलागेको भन्दै झगडै गर्न खोज्छन्। त्यतिकै मनपरी गाडी चलाइरहेका छन्। हामीले भन्दा धम्की देखाउँछन्,’ सशस्त्र प्रहरी निरीक्षक ध्रुवप्रसाद भट्टले भने। जिल्ला सुरक्षा समितिको शनिबार बसेको बैठकले धनुषाको जटही र खजुरी नाकामात्र आवतजावतका लागि खुला राख्ने निर्णय गरेको छ।
तर स्वास्थ्यकर्मी नहुँदा खजुरी नाका तत्कालका लागि बन्द गरिएको सशस्त्र प्रहरी धनुषाका एसपी राजेश उप्रेतीले बताए। नाकाहरुमा प्रहरीले घेरा हालेर गस्ती बढाउँदै आवतजावतमा रोक लगाए पनि खुला सीमाका कारण चोरबाटो भएर दर्जनौं व्यक्ति प्रवेश गरिरहेको सीमामा खटिएका प्रहरी बताउँछन्।
आइतबार भारतमा जनता कफ्र्युको प्रभावले खासै मानिसको आवतजावत नरहेकाले एक्लै जसोतसो स्वास्थ्य परीक्षण थेगेको तर पछि धान्न समस्या हुने स्वास्थ्य परीक्षक कर्णले बताए। उपकरण र जनशक्ति अभावले नाममात्रको स्वास्थ्य परीक्षण भइरहेको महसुस भएको उनको भनाइ छ।
‘यतिले मात्र पुग्दैन। हामीसँग ज्वरो नाप्नेबाहेक केही उपकरण छैन। हामी उच्च जोखिममा छौं। बोर्डर पूर्णरुपमा बन्द गर्नुको विकल्प छैन,’ उनले भने। आजको नागरिक दैनिकमा समाचार छ ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




