काठमाडौं । सरकारले कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण नियन्त्रणका लागि सुरु गरेको ९लकडाउन० को सर्वसाधारणले खुलेर स्वागत र समर्थन गरेका छन् ।लकडाउनको पहिलो दिन मङ्गलबार मुलुकभरको जनजीवन शान्त र ठप्प बनेको छ । गृह मन्त्रालयका अनुसार काठमाडौंँ उपत्यकालगायत मुलुकका मुख्य सहरहरू र राजमार्गहरू बन्द भएका छन्।

सरकारको निर्णयलाई सर्वसाधारण नागरिकले समर्थन र सहर्ष स्वीकार गरेको दाबी मन्त्रालयले गरेको छ। नेपाल–भारत सीमा नाकामा भारतबाट आउनेहरूको चाप अझै नघटेकाले समस्या देखिएको छ। गृह प्रवक्ता केदारनाथ शर्माले सीमा नाकामा रोकिएकाहरूको उचित व्यवस्थापन र सहजीकरणका लागि प्रदेश सरकारसँग छलफल गरी आवश्यक निर्णयमा पुग्न निर्देशन भएको बताए।

ट्राफिक प्रहरीले जिल्ला प्रशासन कार्यालयको स्वीकृति ९पास० नभएका निजी र सरकारी सवारी साधन सञ्चालनमा रोक लगाएको छ । तरकारी, दूध, पानी, खाद्य, इन्धन, औषधि र स्वास्थ्यकर्मीका सवारी साधनहरू सञ्चालनमा सहजीकरण गरेको छ।

उपत्यका प्रवेशका सम्पूर्ण नाका बन्द गरिएका छन् तर अत्यावश्यक सामग्री बोकेर आउने सवारीलाई भने सहजीकरण गर्ने गरिएको महानगरीय प्रहरीले जनाएको छ । औषधि पसल २४सै घण्टा खोल्दा फरक नपर्ने जनाइएको छ। आजको गोरखापत्र दैनिकमा समाचार छ ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार