काठमाडौं । कोरोना भाइरस संक्रमित विभिन्न देशमा रहेका नेपाली नागरिकको बारेमा सरकारले जानकारी लिएको छ । परराष्ट्र मन्त्रालयबाट भिडियो कन्फरेन्समार्फत इजराइल, दक्षिण कोरिया, मलेसिया, जापान र दक्षिण अफ्रिकामा रहेका नेपालीहरुको बारेमा त्यहाँस्थित राजदूतामार्फत जानकारी लिएको हो ।

यी पाँचवटा देशमा रहेका कुनै पनि नेपालीमा कोरोना संक्रमण नदेखिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वरराय यादवले जानकारी दिए । भिडियो कन्फरेन्समा श्रममन्त्री रामेश्वर राय यादवसहित परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली र दुवै मन्त्रालयका सचिवको उपस्थिति थियो । इजरायल र साइपर दुवै हेर्ने नेपाली राजदूत अञ्जना शाक्यले ती देशमा रहेका नेपालीहरुमा कुनै संक्रमण नदेखिए पनि स्वदेश फर्किन छट्पटाइ रहेको बताइन् । भिडियो कन्फरेन्समा कुरा गर्दै राजदूत शाक्यले नेपालीहरुमा त्रास र भय रहेको बताइन् ।

साउथ अफ्रिकामा रहेका १९ वटै देशमा रहेका नेपालीहरु सुरक्षित रहेका छन् । अफ्रिकी मुलुकका दुई तीन देशबाहेक सबै देशमा केही न केही नेपाली रहेका छन् । तर ती सबै सुरक्षित रहेको कार्यवाहक राजदूत घनश्याम लम्सालले जानकारी दिएको मन्त्री यादवले बताए । मलेसियामा करिब साढे तीन लाख नेपाली रहेका छन् ।
त्यहाँका नेपालीहरु पनि सुरक्षित छन् तर सबै डर र भयमा छन् । कुनै नेपाली संक्रमित भएका छैनन् । कतिपय ठाउँमा कामबाट पनि नेपालीलाई निकालिदिएको बताइएको छ । कोरोना भाइरस संक्रमणका कारण कतिपय रोजगारदाताले काम छाड्न पनि श्रमिकहरुलाई दबाब दिइरहेको बताइएको छ ।
भिडियो कन्फरेन्समार्फत मलेसियाका कार्यवाहक राजदूत उदयराज पाण्डेले दिएका जानकारीअनुसार रोजगारदाताहरुले कामबाट निकाल्ने कुरा गरेपनि अहिले छलफल गरेर त्यो समस्या समाधान भएको छ । उनीहरुले नेपालीहरुलाई काममा फिर्ता लिएका छन् । कोरोनाको अवस्था लामो समयसम्म गयो भने समस्या हुने पाण्डेको भनाई छ ।
यद्यपि, मलेसियाको सरकारले काम भएपनि नभएपनि कामदारलाई तलब दिन भनेको छ । कतिपय ठाउँमा कामदारहरु काम छाडेर घर फर्किने तयारीमा छन् तर घर फर्काउने अवस्था छैन ।
दक्षिण कोरियामा साढे नौ हजार नेपाली रहेका छन् । त्यहाँका नेपालीमा पनि कोरोनाको संक्रमण देखिएको छैन । दक्षिण कोरियाका कार्यवाहक राजदूत रामसिंह थापाका अनुसार कोरोनाको त्रास नेपालीहरुमा पनि देखिएको छ । कतिपय घर फर्किने पनि भनिरहेका छन् । उनीहरुलाई सम्झाउने बुझाउने काम भइरहेको कुरा भिडियो कन्फरेन्समार्फत उनले भनेका थिए ।
दक्षिण कोरियामा एउटा कानुन छकि पाँच वर्षसम्म जो व्यक्ति त्यो देशमा बस्छन्, त्यो कानुनी रुपमा स्वतः त्यो देशका नागरिक हुन्छ । कतिपय नेपाली त्यहाँ बसेको ५ वर्ष पुग्न लागेको छ । तर, नेपाल फर्किन सकिरहेका छैनन् । दक्षिण कोरियाको सरकारले ५ वर्ष पुग्न लागेका नेपालीलाई स्वदेश फर्काउन चाहेको छ । तर, नेपाल लकडाउनमा रहेका कारण फर्काउन समस्या भएको श्रममन्त्री यादवले बताएका छन् ।
‘नेपालीलाई त्यहीँ बस्न दिन आग्रह गरिएको छ, ५ वर्ष पुगेका नेपालीलाई पनि फर्काउन ग्यारेन्टी बस्ने प्रतिवद्धता समेत उनले जनाएका थिए । श्रममन्त्री यादवले भने, ‘हामीले भन्यौं अहिले नेपालमा विशेष अवस्था छ, अहिले नेपालीलाई नपठाई दिनुस् ।’
जपानमा रहेका नेपालीहरुको अवस्था समान्य रहेको छ । त्यहाँ करिब एकलाख नेपाली बस्छन् । उनीहरुमा कोरोनाका कुनै संक्रमण नदेखिएको नेपाली कार्यवाहक राजदूत कृष्णचन्द्र आर्यालले भिडियो कन्फरेन्समार्फत बताएका छन् । अन्य कारणले २ जना नेपालीको मृत्यु भएको छ । उनीहरुलाई नेपाल फर्काउने व्यवस्था मिलाउन आग्रह पनि उनले गरेका थिए ।
देशको अवस्था अहिले संक्रमणमा रहेको हुनाल विदेशमा रहेका नेपालीलाई फर्काउन नसकिने श्रम मन्त्री यादवले स्पष्ट पारेका थिए । नेपालमा फेला परेका ३ जना कोराना संक्रमित विदेशबाट फर्केका व्यक्ति नै भएको हुनाले झन विदेशमा रहेका नेपालीलाई यही अवस्थामा फर्काउन नसकिने बरु ती देशमा रहेका नेपालीहरुलाई कुनै प्रकारको समस्या नहोस् भनेर त्यसमा सचेत रहन भन्दै राजदूतहरुलाई मन्त्री यादवले निर्देशन दिए ।
कुन देशमा कति नेपाली छन्, कसको अवस्था कस्तो छ, ती सबैको तथ्याङ्क संकलन गर्न पनि श्रममन्त्रीले निर्देशन दिएका छन् । काम छाडेर त्यतिकै बसेकाहरुलाई एउटा सेल्टर बनाएर राख्न पनि उनले निर्देशन दिए । नेपाली नागरिकलाई आफ्नै देशका नागरिकसरह व्यवहार गर्न पनि ती देशका प्रमुखहरुलाई उनले आग्रह गरे । नेपालीहरुले कुनै प्रकारको दुःख नपाउन् भन्नेमा नेपाल सरकार सचेत रहेको र त्यसका लागि हरेक प्रकारका पहल गर्न तयार रहेको भिडियो कन्फरेन्समार्फत भनिएको छ । यो खालको भिडियो कन्फरेन्स अन्य देशहरुसँग पनि गर्ने मन्त्री यादवले बताए ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




