एजेन्सी । थाइल्यान्डका राजा महा बज्रलङ्क्रोन यतिबेला जर्मनीको विलासी होटलमा ‘सेल्फ आइशोलेसन’ मा छन् । उनले आफ्ना लागि पुरै होटल बुक गरेका छन् । यहाँ राजा र उनका २० प्रेमिकाबाहेक अन्य कोही पनि बस्दैनन् । कोरोना भाइरसपछि विश्वभरका जनता घरभित्रै बस्न बाध्य छन् । उनीहरु अत्यावश्यक काममा मात्रै बाहिर निस्कन्छन् र सेल्फ आइसोलेसन पालना गरिरहेका छन् ।
लकडाउनका बाबजुद यी राजालाई बाभारियास्थित चार तारे ग्रान्ड होटल सोन्नीनबीच्लमा बस्नका लागि विशेष अनुमति दिइएको हो । जर्मन ट्याबलोइड बिल्डमा प्रकाशित समाचारअनुसार थाई राजा आफ्ना केही सेवकसहित २० जना प्रेमिकासँगै यहाँ बसिरहेका छन् । यी राजाले अझै ठूलो संख्यामा सेवक ल्याउने योजना बनाएका थिए, तर तीमध्ये १ सय १९ जनालाई कोरोना हुनसक्ने आशंकामा घर पठाइयो ।
आफ्ना राजा जर्मनीमा बसेको समाचार भाइरल भएपछि थाईल्यान्डका जनताले ट्वीटरमा आक्रोश पोखेका छन् । ‘हामीलाई किन राजा चाहियो ?’ ट्वीटरमा ट्रेन्डिङमा छ । जबकी, थाइल्यान्डमा राजाविरुद्ध बोल्नु अपराध मानिन्छ । यस देशमा राजा वा रानीको इज्जतमाथि प्रश्न उठाउन नपाइने कडा कानून छ । यी राजाले चारपटक बिहे गरिसकेका छन् ।
राजकुमारी सोआम्सावालीसँग १९७७ मा बिहे गरेर १९९३ मा डिभोर्स गरेका थिए । युवाढिदा पोल्प्रासेर्थसँग १९९४ मा बिहे गरेपनि दुई वर्षसमै सम्बन्ध विच्छेद भयो । श्रीरश्मी सुवाडीसँग २००१ मा बिहे गरेर २०१४ मा सम्बन्ध विच्छेद गरे । अहिले रानी सुथिडा उनकी पत्नी हुन् । थाइल्याण्डमा अहिलेसम्म १ हजार ५ सय २४ जनामा कोरोना भाइरस देखिइसकेको छ । नौ जनाको मृत्यु भइसकको छ ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




