काठमाडौं । युरोपका इटाली र स्पेनमा कोरोना भाइरस ९कोभिड–१९० को संक्रमण तथा मृत्युदर तिव्र गतिमा बढिरहेको छ । ती दुई देशमा पछिल्लो २४ घण्टामा मात्रै १२ हजार बढी संक्रमित थपिँदा १६ सय व्यक्तिले ज्यान गुमाएका छन् ।
स्पेनमा पछिल्लो एक दिनमा ८ हजार बढी संक्रमित थपिएका छन् । योसँगै त्यहाँ कोरोनाबाट मर्नेको संख्या १ लाख ४ हजार नाघेको छ ।स्पेन सर्बाधिक कोरोना संक्रमितको सूचीमा तेस्रो स्थानमा छ । त्यहाँ यसबाट मृत्यु हुनेको संख्या ९ हजार नाघिसकेको छ । बुधबार मात्रै स्पेनमा ९२३ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाए । यो भाइरसका कारण धेरै मृत्यु हुनेको सूचीमा इटाली पछि स्पेन रहेको छ ।
यस्तै, कोरोना महामारीले तनावमा रहेको इटालीमा संक्रमितको संख्या १ लाख १० हजार नाघेको छ । त्यहाँ बुधबार मात्रै ४ हजार ७ सय नयाँ संक्रमित थपिए । इटालीमा मृतकको संख्या १३ हजार नाघेको छ । बुधबार मात्रै त्यहाँ ७ सय २७ व्यक्तिको ज्यान गयो ।
गत डिसेम्बरमा चीनको वुहानबाट फैलिएको कोरोनाबाट विश्वभर २०३ देश प्रभावित भइसकेका छन् । यो भाइरसका कारण ९ लाख ३५ हजार संक्रमित हुँदा ४७ हजार बढीले ज्यान गुमाइसकेका छन् । यस्तै, १ लाख ९३ हजार व्यक्ति भने कोरोनाबाट निको भएका छन् ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




