बुटवल । कपिलवस्तुमा एक ब्यक्ति प्रहरी हिरासतभित्रै झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । केहि दिनअघि आफ्नै छोरी बलात्कार गरेको आरोपमा पक्राउ परेका वाणगंगा नगरपालिका वडा नम्वर ८ का एक ब्यक्ति ईलाका प्रहरी कार्यालय पिपराको प्रहरी हिरासतमा झुण्डिएको अबस्थामा मृत फेला परेका हुन् ।
गत फागुन १८ गते छोरी बलात्कार गरेको आरोपमा पक्राउ परेका परेका उनी विरुद्ध फागुन १९ गते म्याद थप गरि प्रहरीले हिरासतमा राखेको थियो । आज बिहान उनी शौचालय गएको बेला झुण्डिएको अवस्थामा मृत फेला परेको प्रहरी निरक्षक आयुष जेशीले बताए ।
उनले भने– ‘हामीले करिब ७ बजेतिर मात्रै थाहा पायौं’ जोशीले भने, ‘अहिले शव यथास्थान मै राखेर अनुसन्धान भइरहेको छ ।’ उनका अनुसार प्रहरीले आफ्नो अनुसन्धानको काम सबै सकेर सरकारी वकिलको कार्यालयमा फाईल बुझाएको थियो । तर लक डाउनका कारण यथास्थान मै राख्न आदेश भएअनुरुप अहिले पनि उनलाई हिरासतमै राखिएको थियो ।’
२५ दिनभित्रै पुर्पक्षका लागि थुनामा राख्ने वा छाड्ने आदेश अदालतबाट भई सक्नुपर्नेमा उनलाई हिरासतमा राखिएको एक महिना नाघेको छ । अधिवक्ता बिष्णु बलालका अनुसार २५ दिनभन्दा बढि प्रहरी हिरासतमा राखिनु ग्रैहकानुनी हो । ‘लक डाउन भएपनि अदालत पूर्ण रुपमा बन्द छैन । न्यायाध्रीश नभए पनि श्रेस्तेदारमार्फत २५ दिनभित्रै पुर्पक्षका लागि थुनामा वा तारेखमा छाड्ने आदेश गराइनु पर्दथ्यो’ अधिवक्ता वलालले भने ।
कपिलवस्तुका प्रहरी प्रवक्ता डिएसपी सुनिल मल्लसँग सम्पर्क राख्दा आफु घटनास्थलमै आएर अनुसन्धान गरिरहेको जानकारी दिए । उनका अनुसार बलात्कार आरोपी बिहान करिव साढे चार बजेतिर शौचालयतिर गएका थिए ।
अट्याच बाथरुमसहितको शौचालयको भ्यान्टिलेटरमा आफैले विछाएको तत्नाको पासो लगाई उनी झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । ‘माथिबाट पनि हेर्न मिल्छ’ डिएसपी मल्लले भने, ‘अहिले यहाँ मानवअधिकारवादी, पत्रकार र जनप्रतिनिधिहरुसहितको टोलीले हेरिरहेका छौं, त्यस्तो अवस्थामा उनी झुण्डिएका छन् ।’ बलात्कार गरेको भन्दै जाहेरी दिने बालिकाकी आमा हुन् । श्रीमानले छोरीलाई पटक–पटक बलात्कार गरेको आरोप लगाउँदै जाहेरी दिएको प्रहरी निरक्षक जेसीले बताए ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




