
एजेन्सी । विश्वभर कोरोना महामारीबाट मृत्यु हुनेको संख्या ५० हजार नाघेको छ । बिहीबार साँझसम्मको तथ्याँकअनुसार कोरोना संक्रमणबाट मर्नेको संख्या ५१ हजार ४ सय ५१ पुगेको छ । त्यस्तै, विश्वभर सो रोगबाट संक्रमित हुनेहरुको संख्या १० लाख बढी पुगेको छ ।
अहिलेसम्म संक्रमित हुनेहरुको संख्या ९ लाख ९९ हजार ६ सय ७१ पुगेको छ । बिहीबार इटालीमा ७ सय ६०, स्पेनमा ७ सय ९, अमेरिकामा ६ सय ७८, बेलायतमा ५ सय ६९, फ्रान्समा ४ सय ७१, जर्मनीमा १ सय २४ जनाको मृत्यु भएको छ ।
त्यस्तै, युरोपेली मुलुक बेल्जियमा १ सय ८३, नेदरल्यान्डमा १ सय ६६ जनाको मृत्यु भएको छ । यता, इरानमा १स सय २४ जनाको मृत्यु भएको छ । अमेरिकामा संक्रमित हुनेहरुको संख्या २ लाख ३६ हजार २ सय २१ पुगेको छ भने इटाली र फ्रान्समा क्रमसः १ लाख १५ हजार २ सय ४२ र १ लाख १० हजार २ सय ३८ जना संक्रमित भएका छन् ।
बिहीबार एकैदिनमा विश्वभर सो रोगको संक्रमणबाट ४ हजार २ सय ५९ जनाको मृत्यु भएको छ भने एकैदिन ६४ हजार ४ सय ७४ जना नयाँ संक्रमित फेला परेका छन् ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




