काठमाडौं । काठमाडौं प्रेस नामक न्युज पोर्टलमा अनधिकृत प्रवेश गरी समाचार डिलिट गरिएको विषय स्वीकार गर्दै सिरानटेकले माफी मागेको छ । बिहीबार राति सिरानटेकको तर्फबाट सिइओ सुवास शर्माले आफ्नो ट्वीटरमार्फत् प्रेस विज्ञप्ति जारी गर्दै गल्ती भएकामा माफी मागेको हो ।

उसले आफ्नो विज्ञप्तिमा भनेको छ, ‘सम्पादक परियार र सिरान टेक्नोलोजिजको व्यवस्थापनबीच समाचारका विषयमा सम्वाद चलिरहेको बेला गलत सूचनाका कारण सिरान टेक्नोलोजिजको प्राविधिक टिमले न्युजपोर्टलबाट उक्त समाचार हटाइएको छानबिनका क्रममा पाइयो ।’
कुनै सञ्चारगृहबाट समाचार प्रकाशन भएकै आधारमा उक्त समाचार नै डिलिट गरेको घटनाका सम्बन्धमा चैत १९ गते नै रातोपाटीले ‘प्रधानमन्त्रीका ‘आईटी विज्ञ’को कर्तुत : आफूविरुद्ध समाचार लेखेको वेबसाइटलाई अनधिकृत नियन्त्रण लिएर समाचार नै हटाए’ शीर्षकमा समाचार प्रकाशन गरेको थियो ।
काठमाडौं प्रेसको वेभसाइटको डेभलपर सिरान टेक्नोलोजिज थियो र सिरान टेक्नोलोजिज एफ वान सफ्टको भगिनी संस्था थियो । एफ वान सफ्टले नै इसेवा, फोन पे, विभिन्न बैङ्कका मोबाइल एप आदि निर्माण गरेको थियो । एफ वान सफ्टका मालिक प्रधानमन्त्रीका सूचनाप्रविधि विज्ञ असगर अली र विश्वास ढकाल हुन् ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार भन्छन्, ‘प्रोपोगाण्डा’
प्रधानमन्त्रीका सूचनाप्रविधि विज्ञ असगर अली तथा प्रधानन्त्रीका सचिवालय सदस्यहरुको सम्बनधमा समाचार आएको र उक्त समाचार हटाउन असगर अलीकै कम्पनीका सदस्यले दबाब दिएको विषय उसैले जारी गरेको विज्ञप्तिमा स्वीकार गरिसकिएको छ । तर प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बिहिबार साँझ विज्ञप्ति जारी गर्दै यसमा सचिवालयका कसैको पनि हात नरहेको भन्दै त्यसलाई ‘प्रोपोगाण्डा’ भनेका थिए ।
हेर्नुहोस् विज्ञप्तिको पूरा अंश

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




