काठमाडौं । विश्वभर कोराना भाइरस ९कोभिड–१९० बाट आइतबार ४ हजार ७ सय व्यक्तिले ज्यान गुमाएका छन् । आइतबार सबैभन्दा बढी अमेरिकामा ११ सय ६५ व्यक्तिको मृत्यु भएको छ । योसँगै त्यहाँ कोरोनाबाट ज्यान गुमाउनेको संख्या ९ हजार ६ सय नाघेको छ ।
अमेरिकामा २४ घण्टामा २५ हजार नयाँ संक्रमित थपिएका छन् । योसँगै त्यहाँ संक्रमितको संख्या ३ लाख ३६ हजार नाघेको छ । स्पेनमा १ लाख ३१ हजार बढी व्यक्ति संक्रमित भइसकेका छन् । जसमध्ये १२ हजार ६ सयको ज्यान गइसकेको छ । स्पेनमा आइतबार ६९४ संक्रतिमको मृत्यु भएको छ ।
इटालीमा समृतकको संख्या १५ हजार ८ सय नाघेको छ । त्यहाँ १ लाख २८ हजारमध्ये २१ हजार संक्रमित उपचारपछि घर फर्किएका छन् ।जर्मनीमा कोरोना संक्रमितको संख्या एक लाख नाघेको छ । त्यहाँ १५ सय व्यक्तिको ज्यान गएको छ । बेलायतमा संक्रमितको संख्या ४७ हजार नाघ्दा ४ हजार ९ सय बढीको ज्यान गइसकेको छ । त्यहाँ पछिल्लो २४ घण्टामा मात्र ६२१ जनाले ज्यान गुमाए ।
चीनमा आइतबार ३० नयाँ संक्रमित थपिँदा ३ जनाको मृत्यु भएको छ । कोरोनाको उद्गम देश चीनमा कूल संक्रमितको संख्या साढे ८१ हजार छ । त्यहाँ ३३ सय २९ संक्रमितको ज्यान गएको छ ।
२०८ देशमा फैलिसकेको कोरोनाबाट पछिल्लो २४ घण्टामा ७१ हजार ४ सय नयाँ संक्रमित थपिएका छन् । योसँगै विश्वभर कूल संक्रमितको संख्या १२ लाख ७३ हजार नाघेको छ । यस्तै, २ लाख ६२ हजार संक्रमित उपचारपछि घर फर्किसकेका छन् ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




