काठमाडौं । विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९) बाट २४ घण्टामा ७२ हजार ८ सय नयाँ संक्रमित थपिँदा ५ हजार २ सय व्यक्तिले ज्यान गुमाएका छन् । बितेको २४ घण्टामा सबैभन्दा बढी अमेरिकामा ३० हजार ३ सय नयाँ संक्रमित थपिएका छन् । योसँगै त्यहाँ संक्रमितको संख्या २ लाख ६७ हजार नाघेको छ ।

अमेरिकामा सोमबार १२ सय ५५ व्यक्तिको मृत्यु भएको छ । योसँगै अमेरिकामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १० हजार ८ सय नाघेको छ । स्पेनमा संक्रमितको संख्या १ लाख ३६ हजार ६ सय पुगेको छ । त्यहाँ पछिल्लो २४ घण्टामा ५ हजार नयाँ संक्रमित थपिँदा ७ सय व्यक्तिले ज्यान गुमाएका छन् ।

इटालीमा संक्रमितको संख्या १ लाख ३२ हजार ५ सय पुग्दा साढे १६ हजार व्यक्तिको ज्यान गएको छ । जर्मनीमा कोरानाबाट संक्रमित हुनेको संख्या १ लाख नाघेको छ । चीनमा संक्रमितको संख्या करिब ८२ हजार आसपास पुगेको छ । त्यहाँ ७७ हजार बिरामी उपचारपछि घर फर्किँदा ३३ सय व्यक्तिले ज्यान गुमाएका छन् ।

फ्रान्समा संक्रमितको संख्या ९८ हजार नाघेको छ । त्यहाँ पछिल्लो २४ घटामा ५ हजार बढी नयाँ संक्रिमत थपिँदा ८३३ जनाले ज्यान गुमाएका छन् । फ्रान्समा कूल मृतकको संख्या ८ हजार ९ सय पुगेको छ ।

यस्तै, इरानमा संक्रमितको संख्या साढे ६० हजार नाघ्दा ३७ सयले ज्यान गुमाएका छन् । बेलायतमा संक्रमितको संख्या ५१ हजार पुगेको छ । त्यहाँ मृतकको संख्या ५ हजार नाघिसकेको छ । गत डिसेम्बर अन्तिम साता चीनको वुहान देखिएको कोरोनाका कारण विश्वका २०९ देश प्रभावित भइसकेका छन् ।

मंगलबार बिहानसम्म विश्वभर १३ लाख ४६ हजार बढी व्यक्ति कोरोनाबाट संक्रमित भइसकेका छन् । जसमध्ये साढे ७४ हजारको मृत्यु हुँदा २ लाख ७८ हजार संक्रमित भने उपचारपछि घर फर्किएका छन् ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार