काठमाडौँ । अवैध सम्बन्ध लुकाउन महोत्तरीको पर्साकी सगिरा खातुनलाई देवरको हत्या अभियोगमा प्रहरी खोरमा पुर्याएको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार उनी १५ दिनदेखि प्रहरी कार्यालयको हिरासतमा छिन् ।

सगिराले आफ्नै १३ वर्षीय देवर मजिवुल अन्सारीको घाँटी थिचेर हत्या गरेको प्रहरी अनुसन्धानबाट खुल्न आएको छ । महोत्तरी प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीका अनुसार देवर मजिवुलको औलाले घाँटी थिची हत्या गरिएको हो ।

सगिरा चैत ९ गते मध्यरातमा प्रेमीलाई आफ्नै घरमा बोलाएर यौन क्रियाकलापमा लिप्त थिइन् । सोही अवस्थामा उनीहरुलाई देवर मजिवुलले देखेका थिए । विगत २ वर्षदेखि सगिराका श्रीमान वैदेशिक रोजगारीको सिलसिलामा खाडी मुलुकमा छन् । श्रीमान विदेशमा रहेको बेला यौन प्यास मेटाउन प्रेमीसँग एकवर्ष पहिलेदेखि यौन सम्बन्ध बढाएकी थिइन् ।

आपत्तिजनक अवस्थामा देवर मजिवुलले उनीहरुलाई देखेपछि सोही दिन राति सगिराले प्रेमिलाई भगाएकी प्रहरी अनुसन्धानबाट खुल्न आएको एसपी अधिकारीले बताए । एसपी अधिकारीका अनुसार सगिराको प्रेमी भगाउन देवर मजिवुलले पनि सहयोग गरेको पाइएको छ । त्यसपछि भाउजु र देवर आ–आफ्नै कोठामा गएर सुतेका थिए ।

सोही दिन राति उनीहरुबीच २७ मिनेट लामो फोनमा कुराकानी समेत भएको थियो । सगिराले प्रेमीसँग २७ मिनेट लामो कुरा गरेको कलडिटेल प्रहरीले पत्ता लगाएको एसपी अधिकारीले बताए ।अवैध सम्बन्धको पोल खुल्ने डरले फोनमै देवर मजिवुलको हत्या गर्ने योजना बनेको खुल्न आएको छ । हत्यापछि मजिवुलको शव खाल्डो खनेर गाड्न लैजाँदै गर्दा सगिरालाई कवरगाहा भन्ने ठाउँमा प्रहरीले पक्राउ गरेको हो ।

महिलाको प्रेमी फरार रहेको र खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ । सगिरा र उनको प्रेमिमाथि कर्तव्य ज्यान मुद्दामा दर्ता गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार