एजेन्सी । अमेरिकामा पछिल्लो २४ घण्टामा १८ सय ९७ को मृत्यु भएको छ । यससँगै यहाँ मृतकको संख्या १४ हजार ७ सय ३८ पुगेको छ ।

वर्ल्डोमिटरको पछिल्लो आँकडा अनुसार यहाँ एकैदिन २९ हजार ९ सय ३६ नयाँ संक्रमित भेटिएका छन् । हालसम्म संक्रमितको संख्या ४ लाख ३० हजार २ सय ७१ पुगेको छ ।

संक्रमितमध्ये ९ हजार २ सय २५ को स्थिती चिन्ताजनक छ भने २२ हजार २ सय ५६ जना निको भएर घर फर्किसकेका छन् ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार