काठमाडौँ । कोरोना भाइरस संक्रमणको १०० दिन पूरा भएको छ । आजभन्दा १०१ दिन पहिले चीनको उहान शहरबाट कोरोना भाइरस फैलन सुरु भएको थियो । चीनमा अहिले अवस्था सामान्य भइरहेको छ । त्यहाँको शहर जगमगाइरहेको छ । तर, पछिल्लो एक सय दिनमा यो भाइरसले विश्वलाई नै हल्लाइदिएको छ ।

कोरोना भाइरसको संक्रमणको टाइमलाइन
अघिल्लो वर्ष ३१ डिसेम्बरका दिन चीनको उहान शहरमा संक्रमणको मामला अघि आएको थियो । त्यसको दोस्रो दिन अर्थात् १ जनवरी २०२० मा उहानको ‘सी फुड मार्केट’ बन्द गरिएको थियो । मानिन्छ, यही बजार कोरोना भाइरसको उद्गमस्थल हो । यहाँ कै कुनै जनावरबाट यो भाइरस फैलन सुरु भएको विश्वास गरिन्छ । तर, यसमा पनि अनुसन्धानकर्ताहरु विभाजित छन् ।
९ जनवरीको दिन यो भाइरसको पहिलोपटक पहिचान भयो । त्यसको एक रातअघि ऊहान एक ६१ वर्षीय व्यक्तिले ज्यान गुमाएका थिए । यो नयाँ प्रकारको कारोनाभाइरस रहेको थाहा भयो । यसअघि, दुई कोरोनाभाइरस सार्स र मर्स महामारीको रुपमा फैलिसकेको थियो । यो एउटा नयाँ प्रकारको भाइरस थियो जसको कुनै भ्याक्सिन र औषधि थिए ।
१३ जनवरीमा चीनबाहिर पहिलोपटक यो संक्रमण देखियो । चीनबाहिर थाइल्यान्डमा पहिलोपटक उक्त संक्रमण देखिएको थियो । चीनको ऊहानबाट आएकी ६१ वर्षीय महिलामा यस्तो संक्रमण देखिएको थियो ।
२० जनवरीमा मात्रै यो थाहा भयो, यो भाइरस एक व्यक्तिबाट अर्को व्यक्तिमा समेत सरिरहेको छ । त्योवेलासम्म चीन र विश्व स्वास्थ्य संगठनले यस्तो सम्भावना इन्कार गरिरहेको थियो ।
त्यसको ४ दिनपछि अर्थात् २४ जनवरीको दिन यो भाइरस युरोप प्रवेश गर्यो । नयाँ वर्ष मनाउन चिनियाँ नागरिकहरु युरोपका विभिन्न शहर गएका कारण यो संक्रमण युरोपमा छिट्टै सुरु भएको थियो । तर सोही दिन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्वीजरल्याण्डको डाभोसस्थित एउटा सम्मेलनमा भने, ‘कोरोना भाइरसबाट अमेरिका खतरामुक्त छ ।’
त्योबेला उनी विश्वमा के भइरहेको छ भन्नेबारे बेखबर रहे । सायद उनैलाई थाहा थिएन, अमेरिका यो भाइरसको यति ठूलो शिकार बन्नेछ । अहिले अमेरिका विश्वको सबैभन्दा बढी प्रभावित मुलुक बनेको छ जहाँ १३ हजार भन्दा बढीको मृत्यु भइसकेको छ भने संक्रमितको संख्या ४ लाख नाघेको छ । यो भाइरस संक्रमणपछि अमेरिका विश्व शक्तिराष्ट्रको पहिलो नम्बरबाट हट्नसक्ने अनुमान समेत गरिएको छ । यो भाइरसले अमेरिकाको पूरा छवि तोडिदिएको छ ।

भाइरस देखिएको ठीक एक महिनापछि अर्थात् जनवरी ३१ का दिन बेलायत युरोपियन युनियनबाट जुन दिन अलग भयो, सोही दिन यो भाइरसले विश्वभर तेज गतिमा संक्रमण बढाइरहेको छ भन्ने प्रमाणित भयो ।
३६ औं दिन चीनभन्दा बाहिर यो भाइरसका कारण पहिलो मृत्यु भयो । त्योबेला फिलिपिन्सको एउटा अस्पतालमा उहानकै नागरिकको मृत्यु भएको थियो ।
५० औं दिन यो दक्षिण कोरियामा पनि देखियो । त्यो दिन दक्षिण कोरियामा एकजना महिलामा जनामा त्यस्तो संक्रमणको लक्षण देखिएको थियो । भनिन्छ, यिनै महिलाले दक्षिण कोरियामा हजारौंमा यसको संक्रमण निम्त्याएको थियो । ती महिलाले एउटा प्रार्थनासभामा भाग लिएकी थिइन् । र हजारौंलाई यो रोग सारेकी थिइन् ।
५६ औं दिनसम्म यो भाइरसबाट विश्वमा संक्रमित हुनेको संख्या ८० हजार भन्दा बढी भइसकेको थियो । ६६ दिनसम्म इटाली यो भाइरसबाट ज्यादै खराब अवस्थामा पुगिसकेको थियो । यहाँ दिनदिनै सयौं संख्यामा मानिसहरुको मृत्यु हुन थाल्यो । त्योबेलासम्म पनि नेपाल लगायत मुलुकले यसमा आफ्नो कुनै खतरा नभएको दाबी गरिरहेका थिए ।
७१ औं दिन विश्व स्वास्थ्य संगठनले यो रोगलाई महामारी घोषणा गरिदियो । त्यो दिनसम्म पनि हामी निश्चिन्त भएर बसिरहेका थियौं । ७७ औं दिनसम्म विश्व्भरी नै जनजीवन अस्तव्यस्त हुन सुरु भयो । इटालीमा त्यो बेलासम्म औसत साढे ४ सयको दरमा मृत्यु हुन थालिसमेको थियो ।
८४ औं दिन नेपालले लकडाउन घोषणा गरेको छ जसको आज १७ औं दिन चलिरहेको छ । नेपालले लकडाउन गरेको भोलिपल्ट भारतले २१ दिनका लागि देश नै लकडाउनको घोषणा गरिदियो । यति ठूलो र यति ठूलो जनसंख्या भएको देशलाई सरकारले नै पूर्णरुपमा बन्द गरेको यो पहिलोपटक थियो ।
सयौं दिनसम्म आइपुग्दा विश्वभरका ४ अर्ब मानिहरु हामीजस्तै लकडाउन भोगिरहेका छन् । जबकी भाइरसको उद्गमस्थल मानिएको ऊहान शहरलाई चीनले लकडाउनमुक्त गरेको छ । उहान खेलेको छ तर विश्व अहिले बन्द अवस्थामा छ । चीनमा जनजीवन सामान्य बन्दैछ । उद्योग कलकारखाना खुल्न सुरु भएका छन् । फाब्र्सको तथ्यांक अनुसार विश्वका सबै अर्बपतिले यो अवधिमा आफ्नो सम्पत्ति गुमाउँदा चिनियाँ अर्बपतिको मात्रै सम्पत्ति बढेको छ ।
पछिल्लो १०० दिनमा मानिसलाई आफ्नो जीवनको महत्त्वबारे ज्ञान भयो । हामी जुन हिँडडुलमा आफ्नो जीवन खर्च गरिरहेका थियौँ, जीवन बचाउनको लागि पुराना रहनसहन छोडिरहेका छन् ।
हाम्रो देशमा यसअघि स्वतन्त्रताको नाममा ठूलाठूला नारा लाग्थ्यो । स्वतन्त्रता मागेर होइन खोसेर लिनुपर्छ भनिन्थ्यो । हिँड्ने, बोल्ने, खाने, लगाउने जस्ता विषयमा स्वतन्त्रताको बहस हामीले निकै गर्यौं । हामीले अहिले सम्झिरहेका छौँ, आफ्नो घरबाट बाहिर निस्कनुको स्वतन्त्रता कति हुँदो रहेछ ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




