काठमाडौं, १ साउन । दक्षिण कोरियामा आगामी वर्ष २०१८ को न्यूनतम तलबमा करिव १६ प्रतिशतले बृद्धि भएको छ ।
नयाँ न्युनतम तलव अनुसार कोरियामा काम गर्ने कामदारले प्रतिघन्टा ६.६४ डलर प्राप्तल गर्नेछ । मजदुर, कम्पनी व्यवस्थापन र सरकारका प्रतिनिधि सम्मिलित न्यूनतम ज्याला निर्धारण समितिको बैठकले न्यूनतम ज्याला ७५२० वन निर्धारण गरेको हो । योनहाप न्यूज एजेन्सीका अनुसार यो गत वर्षको भन्दा १६.४ प्रतिशत बढी हो । यसबाट दक्षिण कोरियामा कार्यरत नेपालीहरु समेत लाभान्वित हुनेछन् । २०१७ मा कोरियामा कामदारको न्यूयतम तलब प्रतिघन्टा ६४७० वन थियो । अब यो बढेर ७५३० वन पुग्नेछ । तलबबारे कामदार र व्यवस्थापनका प्रतिनिधिबीच तीन महिनादेखि छलफल हुँदै आएको थियो । मजदुरका प्रतिनिधिले १० हजार बनाउनु पर्ने माग राख्दै आएका थिए । तर, आइतबारको डेडलाइन अघि ७५३० वनमा सहमति जुटेको छ । अब २०१८ जनवरीदेखि दिनको ८ घन्टा काम गरे महिनामा १५ लाख ७३ हजार ७७० वन तलब पाइनेछ । दक्षिण कोरियामा अगष्ट ५ मा नयाँ न्यूनतम तलब निर्धारण हुन्छ । मजदुर र व्यवपस्थापनबीच सहमति भएपनि त्यसमा आफ्नो धारणा राख्न सरकारलाई २० दिनको समय दिनुपर्छ । कोरियाका नयाँ राष्ट्रपतिले आफ्नो ५ वर्षे कार्यकालको अन्त्य २०२२ सम्ममा न्यूनतम तलब १० हजार ओन र्पुयाउने प्रतिवद्दता जनाएका छन् ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार