काठमाडौं । अमेरिकामा कोरोना भाइरस (कोभिड–१९) बाट ज्यान गुमाउनेको संख्या ५ लाख नाघेको छ । शुक्रबार करिब साढे ३३ हजार थपिएसँगै त्यहाँ संक्रमितको संख्या ५ लाख नाघेको हो ।

शुक्रबार बिहानसम्म अमेरिकामा ५ लाख २ हजार व्यक्ति कोरोनाबाट प्रभावित भएका छन् । अमेरिका कोरोना संक्रमित धेरै हुने सूचीको शीर्ष स्थानमा छ । त्यहाँ यो भाइरसका कारण मृत्यु हुने दर पनि बढ्दो छ । पछिल्लो २४ घण्टामा मात्रै अमेरिकामा २ हजार ३७ जनाले ज्यान गुमाएका छन् । यो संख्या अमेरिकामा अहिलेसम्मकै बढी हो । त्यहाँ मृतकको कुल संख्या १८ हजार ७ सय नाघेको छ ।

कोरोनाबाट अमेरिकाको सबैभन्दा बढी न्यू योर्क राज्य प्रभावित छ । त्यहाँ १ लाख ७२ हजार व्यक्ति संक्रमित भइसकेका छन् । जसमध्ये ७ हजार ८ सयको मृत्यु भएको छ । न्यू योर्कमा शुक्रबार एकैदिन ७७७ को मृत्यु र १० हजार ८ सय नयाँ संक्रमित थपिएका छन् ।

गत डिसेम्बर अन्तिम साता चीनको वुहानबाट फैलिएको कोरोना हालसम्म २१० देश प्रभावित भइसकेका छन् । शनिबार बिहानसम्म यो भाइरसका कारण १६ लाख ९७ हजार व्यक्ति संक्रमित हुँदा १ लाख २ हजार बढीको ज्यान गएको छ । ३ लाख ७६ संक्रमित भने उपचारपछि निको भएका छन् ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार