एजेन्सी । संसारभरी कोरोनाभाइरसको संक्रमणका कारण १ लाख १४ हजार बढीको ज्यान गइसकेको छ । हालसम्म साढे १८ लाख कूल संक्रमित छन् । यसका साथै ४ लाख २३ हजार बढी संक्रमित उपचारपश्चात् निको भइसकेका छन् ।
अमेरिकामा हालसम्म २२ हजार १ सय ८ जनाको मृत्यु भइसकेको छ भने कूल संक्रमितको संख्या ५ लाख ६० हजार ३ सय २३ रहेको छ । संक्रमितमध्ये ११ हजार ७ सय ७७ को अवस्था चिन्ताजनक छ । यहाँका ३२ हजार ६ सय ३४ संक्रमित निको भएर घर फर्किसकेका छन् ।
साथै स्पेनमा हालसम्म कूल १७ हजार २ सय ९ जनाको मृत्यु भइसकेको छ । यहाँका १ लाख ६६ हजार ८ सय ३१ जनामा संक्रमण देखिएको छ । संक्रमितमध्ये ७ हजार ३ सय ७१ को अवस्था चिन्ताग्रस्त छ । संक्रमितमध्ये ६२ हजार ३ सय ९१ जना निकोसमेत भइसकेका छन् ।
यसका साथै, इटलीमा हालसम्म १९ हजार ८ सय ९९ जनाको मृत्यु भइसकेको छ भने संक्रमितको संख्या १ लाख ५६ हजार ३ सय ६३ पुगेको छ । संक्रमित ३ हजार ३ सय ४३ को अवस्था नाजुक छ भने ३४ हजार २ सय ११ जना निको भएर घर फर्किसकेका छन् ।
साथै, फ्रान्समा पनि हालसम्म १४ हजार ३ सय ९३ जनाको कोरोनाभाइरसको संक्रमणका कारण मृत्यु भइसकेको छ । यहाँ कूल संक्रमितको संख्या १ लाख ३२ हजार ५ सय ९१ पुगेको छ । संक्रमितमध्ये ३ हजार ३ सय ४३ को अवस्था नाजुक छ भने ३४ हजार २ सय ११ संक्रमित उपचारपश्चात् निको भइसकेका छन् ।
साथै, बेलायतमा पछिल्लो समयमा मृतक र संक्रमितको संख्यामा वृद्धि भएको छ । यहाँ हालसम्म १० हजार ६ सय १२ जनाको मृत्यु भइसकेको छ भने कूल संक्रमितको संख्या ८४ हजार २ सय ७९ पुगेको छ ।संक्रमितमध्ये १५ सय ५९ को स्थिती चिन्ताजनक रहेको छ भने हालसम्म ३ सय ४४ जना निको भएर घर फर्किसकेका छन् ।
अमेरिका, इटली, स्पेन, फ्रान्स र ब्रिटेनमा भएको मृतकको आँकडालाई जोड्ने हो भने यी पाँच देशमा मात्रै ८४, २२१ को कोरोनासंक्रमणका कारण मृत्यु भइसकेको छ ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




