काठमाडौं । भारतमा कोरोना भाइरस ९कोभिड–१९० संक्रमितको संख्या ११ हजार ४ सय नाघेको छ । मंगलबार १ हजार ३४ जना थपिएसँगै भारतमा संक्रतिमको संख्या ११ हजार ४ सय नाघेको हो ।

बितेको २४ घण्टामा भारतमा कोरोनबाट ३५ जनाले ज्यान गुमाए । योसँगै त्यहाँ मृतकको संख्या ३९३ पुगेको वर्ल्डमीटर इन्फोले जनाएको छ । भारतमा ११ सय बढी संक्रमित निको हुँदा ९ हजार ७ सयको उपचार जारी छ ।

हालसम्म त्यहाँ २ लाख ४४ हजार बढी व्यक्तिमा कोरोना परीक्षण गरिएको छ ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार