एजेन्सी । कोरोना संक्रमितको संख्या उच्च रहेपनि मृत्युदरलाई कम गर्न सफल जर्मनी विस्तारै लकडाउन हटाउने दिशामा अघि बढ्ने भएको छ । जर्मन चान्सलर एञ्जेला मर्केल कोरोना भाइरसको संक्रमण रोक्नका लागि लगाएको लकडाउन अब विस्तारै विस्तारै अन्त्य गर्ने घोषणा गरेकी छन् ।

यद्यपि सामाजिक दुरी कायम गर्ने नियम भने अझै ३ मेसम्म लागू रहनेछ । यस्तै मर्केलले सबै नागरिकलाई सार्वजनिक स्थानमा अनिवार्य रुपमा फेसमास्क लगाउन अपिल गरेकी छन् । आगामी साताबाट जर्मनीमा पसलहरु खोल्न पाइनेछ भने ४ मे देखि विद्यालय समेत खोल्न अनुमति दिइने भएको छ ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार