काठमाडौं । विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) बाट ज्यान गुमाउनेको सङ्ख्या २ लाख ४४ हजार नाघेको छ । कोरोनाबाट मुक्त हुनको संख्या ११ लाख ८ हजार नाघेको छ । कोरोनाबाट सबैभन्दा बढी प्रभावित संयुक्तराज्य अमेरिकामा १ लाख ६० हजार ७ सय व्यक्ति निको भएका छन् ।

वल्डोमीटरका अनुसार त्यहाँ संक्रमितको कुल संख्या ११ लाख ५९ हजार नाघेको छ । जसमध्ये ६७ हजार ४ सय व्यक्तिले ज्यान गुमाएका छन् । विगत २४ घण्टामा मात्रै अमेरिकामा २८ हजार ८ सय संक्रमित थपिँदा १ हजार ६ सय ४७ जनाको मृत्यु भएको छ ।

अमेरिकापछि युरोपको सबैभन्दा बढी कोरोना प्रभावित स्पेनमा पनि निको हुने संक्रमितको संख्या दिनहुँ बढिरहेको छ । २ लाख ४५ हजार ५ सय संक्रमित रहेको त्यहाँ अहिलेसम्म १ लाख ४६ हजार व्यक्ति उपचारपछि घर फर्किसकेका छन् ।

त्यस्तै, जर्मनीमा १ लाख २९ हजार, इटालीमा ८० हजार, चीनमा साढे ७७ हजार, इरानमा ७७ हजार, टर्कीमा ५८ हजार, फ्रान्समा ५० हजार ५ सय, ब्राजिलमा ४१ हजार, स्टिजरल्याण्ड, क्यानाडामा २४–२४ हजार, रसियाा १५ हजार, बेल्जियम, पेरुमा समान १२ हजार, आयरल्याण्ड, अष्ट्रियामा १३–१३ हजार व्यक्ति निको भइसकेका छन् ।

अरू देशमा पनि कोरोनाबाट निको हुने संक्रमितको संख्या बढ्दै गएको छ । दक्षिण एसियाको सबैभन्दा बढी कोरोना प्रभावित भारतमा अहिलेसम्म १० हजार ८ सय व्यक्ति निको भइसकेका छन् । त्यहाँ अहिलेसम्म ३९ हजार ७ सय जनामा कोरोना पुष्टि भएको छ । जसमध्ये १ हजार ३ सय २३ जनाले ज्यान गुमाएका छन् ।

त्यस्तै, पाकिस्तानमा ४ हजार ७ सय, अफगानिस्तानमा ३३१, बंगलादेशमा १७७, श्रीलंकामा १७२, माल्दिभ्समा १८, नेपालमा १६ र भुटानमा ७ व्यक्ति कोरोना जितेर घर फर्किएका छन् ।

गत वर्षको डिसेम्बर अन्तिममा चीनको वुहान शहरमा देखिएको कोरोना अहिलेसम्म विश्वका २१० फैलिसकेको छ ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार