काठमाडौं । युरोपियन राष्ट्रमा कोेरोनाका कारण सबैभन्दा धेरै बेलायतका नागरिकको ज्यान गएको छ । यसअघि इटली, स्पेन र फ्रान्सभन्दा कोरोनाको प्रभाव कम देखिएको बेलायतमा अब तथ्यकांक अनुसार सबैभन्दा धेरै कोरोनाका कारण नागरिकले ज्यान गुमाएका देखिन्छ ।
बुधबार बिहानको तथ्यांक अनुसार इटलीमा कोरोनाको संक्रमणबाट २९ हजार ७९ जनाको ज्यान गएको थियो भने बेलायतमा २८ हजार ७३४ को ज्यान गएको थियो । तर पछिल्लो २४ घण्टाको तथ्यांक बाहिर आउँदा बेलायतमा कोरोना संक्रमणका कारण कुल २९ हजार ४२७ जनाको ज्यान गएको छ । इटलीमा हालसम्म कोरोनाले २९ हजार ३१५ को मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा क्रमश स् बेलायत र इटलीमा ६९३ र २३६ कोरोना संक्रमितको ज्यान गएको छ ।
सोही अवधीमा बेलायतमा ४ हजार ४०४ कोरोना संक्रमित थपिएका छन् भने इटलीमा १ हजार ७५ जना नयाँ संक्रमितको पहिचान भएको छ । बेलायतमा कुल १ लाख ९४ हजार ९९० मा कोरोना संक्रमणको पुष्टी भइसकेको छ भने इटलीमा २ लाख १३ हजार १३ मा संक्रमण देखिसकेको छ ।
बेलायतमा हाल संक्रतिको संख्या १ लाख १५ हजार २१९ छ भने इटलीमा ९८ हजार ४६७ छ । अमेरिका पछि कोरोनाका कारण सबैभन्दा धेरै बेलायतमा ज्यान गएको छ । अमेरिकामा हालसम्म ७२ हजार २४१ को कोरोना संक्रमणका कारण ज्यान गएको छ ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




