{"source_sid":"EB08A620-61F6-445F-BF6D-B7FE57572BF2_1589112352843","subsource":"done_button","uid":"EB08A620-61F6-445F-BF6D-B7FE57572BF2_1589112307311","source":"editor","origin":"unknown"}

टोकियो । जापानमा कोरोनाको प्रभावका कारण  समस्यामा परेका नेपालीहरुलाई  राहतवितरण सुरु गरेको ग्लोबल होम नेटवर्कले, ९८ जना समस्यामा परेका जापानवासी नेपालीहरुलाई सहयोग गरेको छ ।

ग्लोबल होम नेटवर्कले अप्रिल २१ तारिखबाट सुरु गरेको, कोभिड-१९ राहतवितरण अभियानमा  जम्मा ९८ जनालाई चामल ५ केजी २ ओटा मस्क र १ केजी दाल तथा उक्त राहत प्याकेज अनुसारको रकम(विशेष गरि  टोक्यो भन्दा बाहिर चिबा, कानागावा, क्योटो , गुम्बा , इबाराकी र ओसाका जहा दुरीको हिसाबले हुलाकबाट पठाउन धेरै रकम लाग्ने र सुपरमार्केट समेत नभएका स्थानका लागि २००० देखी ५०००येन  रकम) बितरण गरिएको छ।

संस्थाको विज्ञप्तीमा उल्लेख गरिए अनुसार, यस अवधीमा गरिएका  सहयोग विवरण

१) अहिले सम्म जम्मा ५८ जनालाई ग्लोबल होम नेटवर्क कार्यलयबाट ५केजी दाल, १ केजी दाल र ७० पिस मास्क बितरण गरियो।

२) करीब ४० परिवारलाई राहत बराबरको प्रति परिवार समस्या हेरि २००० येनका दरले फ़ुरीकोमि गरियो जस्मा चिबा केन १४ जना, साइतामा ७ जना गुन्मा ४ जना टोक्यो ७ जना क्योटो ६ जना र ओसाका २ जना रहेका छन् ।

३)गुन्मा तथा इबाराकी केन लगायतका स्थानमा एनआरएनए जापान केन्द्रिय सदस्य राजेस देबकोटा र गुन्मा संयोजक मिनकुमार लामिछाने मार्फ़त वितर्ण गर्नेगरी १ सय ओटा मास्क र ३ जनालाई राहत पठाइएको त्यस अन्तर्गत गुन्मा एनआरएनए कमिटीको संयोजकत्वमा उक्त राहातलाई थप गरी करिब ३० जनालाई बितरण गरियो।

४) क्योटो ,साइतामा , टोक्योमा २० ठाऊमा ३/३ ओटाको दरले ६० ओटा मास्क हुलाक मार्फ़त पठाइयो।

आईतबार कम्पनीद्वारा जारी विज्ञप्तिका अनुसार, ग्लोबल होम नेटवर्क कार्यालय, टोक्यो, साइतामा , क्योटो, गुन्मा  गरेर ३ सय ५० पिस मास्क  बितरण गरिएको छ ।

के अब ग्लोबल होमको राहतवितरण अभियान सकिएको हो त ?

यसै समस्यालाई मध्यनजर गर्दै जापानबासी नेपालीहरु, नेपाली दुतावास, एनआरएनए जापान र अन्य सक्रिय  संघ-संस्थाहरुको मातहतमा ग्लोबल होमका अध्यक्ष, शिव प्रसाद पौडेलको समंयोजकत्वमा ‘कोभिड -१९ खाद्यान्न तथा लजिस्टिक समन्वय विभाग’ गठन गरीएको छ ।  आगमी दिनहरुमा उक्त बिभागलेनै  अहिलेको राहतको मात्रालाई बढाएर वितरण गर्नेछ ।

तत्कालका लागि भने,   हाल ग्लोबल होमनेट वर्क कम्पनीले एकल स्रोतबाट गर्दै आएको  राहतवितरण  कार्यक्रम बन्द गरिएको  छ। यदि, कोभिड- १९ खाध्यान्न तथा लजिस्टिक समन्वय विभाग’ले काम गर्न ढिला-सुस्ति गरेको खण्डमा भने, कम्पनीले पुन: वितण सुरु गर्ने बताईएको छ ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार