काठमाडौं । नेपालमा कोरोना संक्रमितको सङ्ख्या ६०३ पुगेको छ । आइतबार १९ जना नयाँ संक्रमित थपिएसँगै नेपालमा कोरोना संक्रमितको सङ्ख्या ६०३ पुगेको हो ।

विराटनगरमा गरिएको परिक्षणमा मोरङका १ जना, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परिक्षणमा बारा कलैयाका १ जना, पर्साका १ जना, पर्साका बारामा कार्यरत १ पुरुष, पर्साकै १ जना, रौतहटका कलैयामा कार्यरत १ जना पुरुष, सर्लाहीका १ जना, रुपेन्देही समारीमाइका २ जना, रुपेन्देही १ का १ जना, काठमाडौं सोह्रखुट्टेका १ जना, नुवाकोट ककनीका १ जना थपिएका हुन् । यस्तै भैरहवामा गरिएको परिक्षणमा रुपेन्देही गैडहवाका ३ जना, कपिलवस्तु खैरातीका ३ जना, गुल्मी मदानेका १ पुरुष गरी कुल १९ जना थपिएका हुन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आइतबार नुवाकोट जिल्ला थपिएसँगै ४२ जिल्लामा कोरोना फैलिएको छ । प्रदेश १ का ७ जिल्लामा ८६ जना, प्रदेश २ को सबै ८ जिल्लामा १७९ जना, बाग्मती प्रदेशको ११ जिल्लामा ३४ जना, गण्डकी प्रदेशको ३ जिल्लामा ५ जना, प्रदेश ५ का ७ जिल्लामा २८१ जना, कर्णाली प्रदेशका २ जिल्लामा ४ जना र सुदूरपश्चिम प्रदेशको ४ जिल्लाका १४ जना संक्रमित छन् ।
आइतबार थप ७ जना डिस्चार्ज भएसँगै डिस्चार्ज हुनेको सङ्ख्या ८७ पुगेको छ । ३ जनाले ज्यान गुमाएका छन् ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार