काठमाडौं । कोरोनाका कारण धेरै मानिस बिचल्लीमा छन् । अन्तर्राष्ट्रिय उडान ठप्प हुँदा एक देशबाट अर्को देश गएका पर्यटकले पनि हैरानी व्यहोरेका छन् । विदेशमा कार्यरत ठूलो संख्यामा नेपाली लकडाउन र अन्तर्राष्ट्रिय उडान बन्द भएकाले घर फर्कन पाएका छैनन् ।
नेपालमा पनि केही देशका पर्यटक वा कर्मचारी यसरी नै रोकिएका छन् । इटलीका फिल्ममेकर रिकार्डो वियान्को यसरी नै रोकिएका पर्यटकमध्ये एक हुन् । हाल उनी पोखरामा छन् । कोरोनाका घरमा घर फर्कन नपाएकाहरुमा समर्पित गर्दै उनले भिडियो डायरी सार्वजनिक गरेका छन् ।
जुन यस्तो छ –
नेपालमा लकडाउनको समय लम्बिदै गएको छ । पोखरा शहर मरुभूमि सरह सुनसान छ । संक्रमितको संख्या बढ्दैछ, यहाँको अवस्था पनि उस्तै छ । मलाई घर फर्कनका लागि कुनै फ्लाइट छैन । यहाँ अहिले मजस्ता धेरै विदेशी छन्, जो घर फर्कन चाहन्छन् । तर विभिन्न दूतावासबाट आइरहेको समाचार गतिलो छैन, अहिलेसम्मको खबरअनुसार हामीलाई लैजान कोही आउने छैन ।
अहिलेको अवस्थाप्रतिको मेरो ध्यान र संलग्नता घट्दो छ, म खासै प्रेरित छैन । आजकल समाचार हेर्दिनँ । न त के हुँदैछ भनेर पछ्याउने काम नै गर्छु । अहिले मैले यो शहरलाई फरक दृष्टिले हेर्न थालेको छु । अनि बल्ल अनुभव गर्न थालेको छु, कति धेरै सुन्दरताबाट म घेरिएको छु । प्रकृति, चरा, जनावर, मानिस, संगीत र मौलिकताको समिश्रणले मलाई तानेको छ ।
खासमा हामीलाई बाहिर निस्कने अनुमति छैन । तर धेरै दिन कोठामै थुनिएर बसेपछि हामी घुम्न निस्किएका छौँ । म देख्छु– कोही खेत जोतिरहेका छन्, कोही डुङ्गा खियाइरहेका छन । दैनिकी प्रभावित छ, तर रोकिएको छैन ।
यी पछिल्ला साता निकै कठिन रहे र सुरुवात मेरो ध्यान घर फर्कनेमै केन्द्रीत थियो । तर यदी युरोपमा आफ्ना प्रियजनबाट घेरिएको हुन्थे भनेपनि केही समयपछि मैले केही मिस गर्नसक्थे – अहिले यस्तै महसुस हुन्छ ।
अझै महिनौँसम्म यहाँ बस्न मेरो लागि स्वीकार्य हुनसक्छ । तर यो अनियन्त्रित अवस्था कहिले अन्त्य समाप्त हुन्छ भनेर बुझ्न नसक्दा बेचैन छु । कोरोनाभाइरसले मलाई यो बुझाएको छ कि साना–साना सुरक्षा बिना म आफुले सोचेजस्तो शक्तिशाली रहेनछु । तर सुखद् खबर, म धेरै प्रतिक्षा गर्दिनँ । म छोडेर जानेबारे धेरै सोच्दिनँ । ढिलै भएपनि यही बाँच्न थालेको छु ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




