काठमाडौं । नेपालमा बुधबार थप जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डाक्टर बिकास देवकोटाले थप ११४ जनामा कोरोना पुष्टि भएको जानकारी गराएको छ ।
यससँगै नेपालमा कोरोना संक्रमितको सङ्ख्या ८८६ पुगेको छ । संक्रमित मध्ये ७९६ पुरुष र ९० जना महिला छने ।
धरानमा गरिएको परिक्षणमा ११ जना, सप्तरी बोडेबसाई नगरपालिकाका ८ जना, सप्तरी बालन बिहुलका २ जना, सप्तरी सुरुङ्गाका १ छन् । कोशी अस्पतालमा गरिएको परिक्षणमा १७ जना, झापा गौरादह नगरपालिकाका दुई जना र झापाकै कचनकवलका १५ जना छन् ।
हेटौडामा गरिएको परिक्षणमा ८ जनामा पोजेटिभ देखिदा मकवानपुर हैटौडाका १ जना र रौतहट गढिमाई नगरपालिकाका ७ जना छन् । पोखरामा गरिएको परिक्षणमा बाग्लुङको तमानखोला गाँउपालिकाका ४ जना, बाग्लुङ बडीगार्ड गाउपालिकाकै २ जना गरी ६ जनाको कोरोना पुष्टि भएको छ ।
त्यसैगरी दाङमा गरिएको परिक्षणमा १८ जनामा पोजेटिभ देखिएको छ । रुकुम पुर्व उथाउत्तर गंगा गाँउपालिकाका ३ जना, दाङ घोराहीका ७ जना, दाङ लमहीका ८ जना, भेरीमा गरिएको परिक्षणमा १६ जनामा पोजेटिभ देखिएको छ । बाँके डुडुवा गाँउपालिकाका २ जना, बाँके राप्ती सोनारीका ७ जना, बाँके बैजनाथका ६ जना, बाँकेकै खजुराका १ जना छन् ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परिक्षणमा ३८ जना, सिरहा सिद्धिचरणका १ जना, सिरहा ठेगाना भएका तर, रुपनी सप्तरीमा बस्ने १ जना, बारा प्रचौता नगरपालिकाका ७ जना, रौतहटका हाल बारामा रहेका १ जना, रौतहट गौरका ८ जना, रौतहट देवाही गुनाहीका २ जना, रौतहटकै कठरियाका २ जना, रौतहटकै श्री जनता स्कुलमा गरिएको परिक्षणमा १४ जना र रौतहट मदरसाका २ जना छन् । सबै पहिचान भएकाहरु क्वारेन्टाइनमा रहेका छन् । बुधबार थप २८ जना डिस्चार्ज भएसँगै डिस्चार्ज हुनेको सङ्ख्या १८३ पुगेको छ । प्रदेश १ बाट ३० जना, प्रदेश २ बाट ९७ जना, बाग्मती प्रदेशबाट ११ जना, गण्डकी प्रदेशबाट २ जना, प्रदेश ५ बाट ३८ जना र सुदूरपश्चिम बाट ५ जना छन् ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




