काठमाडौं । नेपालमा शुक्रबार थप १७० जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर बिकास देवकोटाले शुक्रबार थप १७० जनाका कोरोना संक्रमण पुष्टि भएको जानकारी गराए । यससँगै नेपादमा कोरोना संक्रमितको सङ्ख्या १ हजार २१२ पुगेको छ ।
शुक्रबार कोसी अञ्चल अस्पतालमा गरिएको परिक्षणमा झापाका २७ जना, धरानमा गरिएको परिक्षणमा ५ जना, नारायणी अस्पतालमा गरिएको परिक्षणमा ९ जना, पाटनमा गरिएको परिक्षणमा १ जना, गण्डकीमा गरिएको परिक्षणमा म्याग्दीका १ जना, भेरीमा गरिएको बाँके डुडुवाका १० जना, भरतपुर अस्पतालमा गरिएको परिक्षणमा ६ जना, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा ८४ जना, रुपन्देहीमा गरिएको परिक्षणमा १६ जना र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा गरिएको परिक्षणमा ११ जना नयाँ संक्रमित थपिएका हुन् । जसमध्ये ११०३ पुरुष र १०९ जना महिला छन् ।
५२ जिल्लामा कोरोना संक्रमण फैलिदा प्रदेश १ का ८ जिल्लाका १५७ जना, प्रदेश २ का सबै ८ जिल्लाका ४९० जना बाग्मती प्रदेशका १२ जिल्लामा ४४ जना ,गण्डकी प्रदेशको ५ जिल्लामा २० जना (म्याग्दी थप), प्रदेश ५ का ९ जिल्लाका ४३३ जना, कर्णाली प्रदेशका ३ जिल्लामा ४७ जना र सुदुरपश्चिम ७ जिल्लामा २१ जना छन् ।
पछिल्लो अपडेट अनुसार शुक्रबार १९ जना कोरोनालाई जितेर घर फर्किएसँगै कोरोनामुक्त हुनेको सङ्ख्या २०६ जना पुगेको छ ।
जसमध्ये टेकु अस्पतालबाट २ जना, पाटनबाट ७ जना, बलम्बुबाट २ जनार र दाङबाट ८ जना रहेका छन् । जसमा १६२ जना पुरुष र ४४ जना महिला रहेका छन् ।
यस्तै शुक्रबार थप एक जनाको कोरोना संक्रमणबाट मृत्य भएको पुष्टि भएको छ । भुमिकास्थान नगरपालिका अर्घाखाँचीका ३५ वर्षीय पुरुष १ जना गत जेठ १० गते मृत्यु भएको थियो ।
रोजगारीका शिलशिलामा रहेको र नेपाल आउने क्रममा मृत्यु भएको र नेपाल प्रवेशसँगै स्याम्पल लिइएको । ११ गते स्याम्पल लिइएको र बिहीबार रिपोर्ट आएको उनमा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ । यससँगै कोरोनाबाट नेपालमा मृत्यु हुनेको सङ्ख्या ६ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




