काठमाडौं । नेपालमा शनिबार थप १८९ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर बिकास देवकोटाले शुक्रबार थप २१९ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी गराए ।

यससँगै नेपालमा कोरोना संक्रमितको सङ्ख्या १ हजार ४०१ पुगेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परिक्षणमा १२४ नयाँ संक्रमित थपिएका छन् । रुपन्देहीमा गरिएको परिक्षणमा २६ जना, धरानमा गएिको परिक्षणमा ९ जना, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा ८ जना, नारायणी अस्पताल वीरगन्जमा ३ जना, र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठामा गरिएको परिक्षणमा १४ जना, कोशी अस्पताल विराटनगरमा गरिएको परिक्षणमा २ जना नयाँ थपिएका छन् ।  जसमध्ये १२८८ पुरुष र ११३ महिला छन् ।

शनिबार संखुवासभा थपिएसँगै ५३ जिल्लामा कोरोना संक्रमण फैलिएको छ । जसअनुसार प्रदेश १ का ९ जिल्लाका १६० जना, प्रदेश २ का सबै ८ जिल्लाका ५४७ जना, बाग्मती प्रदेशका १२ जिल्लाका ४५ जना, गण्डकी प्रदेशका ५ जिल्लाका २० जना, प्रदेश ५ का ९ जिल्लाका ५४७ जना, कर्णाली प्रदेशका ३ जिल्लाका ६१ जना र सुदूरपश्चिम प्रदेशका ७ जिल्लाका २१ जना गरि १४ सय १ जना संक्रमित रहेका छन् ।

यस्तै शनिबार १३ जना डिस्चार्ज भएसँगै नेपालमा कोरोना संक्रमण जित्नेको सङ्ख्या २१९ जना पुगेको छ । शनिबार बुढानिलकण्ठका १ र टोखाका १ पाँचौ दिनमा निको भएर घर फर्किएको र बलम्बुबाट ११ जना निको भएर घर फर्किएका छन् ।

हालसम्म ६ जनाको ज्यान गएको छ ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार