काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १६६ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या १५६७ पुगेको छ ।

आइतबारको नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले सो जानकारी दिएका हुन् ।
संक्रमितमा १६२ जना पुरुष र ४ जना महिला छन् ।

यस्तै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८ पुगेको छ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार