कश्मिर, ३ साउन । भारत प्रसाशित जम्बु कश्मिरमा आफ्नै सैनिक जवानले एक गोरखा सैनिकका मेजरको हत्या गरेका छन् । गोरखा सैनिकका मेजर शेखर थापामाथि एक जवानले गोली चलाउँदा उनको मृत्यु भएको भारतीय सञ्चार माध्यामहरुले जनाएका छन् ।
एक भारतीय वेबसाइट न्यूज२४ का अनुसार जवानले मोबाइलमा धेरै कुरा गरेको भनी मेजरले हपारेका थिए । यस्तो नगर्न भन्दै चेतावनी दिएर मेजर फर्कन लाग्दा ती जवानले उनीमाथि ५ गोली प्रहार गरेका थिए । गोली चलाउने जवानलाई गिरफ्तार गरी अनुसन्धान सुरु गरिएको छ ।

 

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार