एजेन्सी । शुक्रबार यो वर्षको दोस्रो चन्द्रग्रहण लाग्दै छ । यो ग्रहणलाई दक्षिण एशियाबाट पनि देख्न सकिनेछ । यसअघि १० जनवरीमा वर्षको पहिलो चन्द्रग्रहण लागेको थियो । आजको चन्द्रग्रहण शुक्रबार राति साढे ११ बजेबाट शुरु हुनेछ र शनिबार बिहानी २ बजेर ४९ मिनेटसम्म जारी रहनेछ ।
१ बजेर ९ मिनेट जाँदा यस ग्रहणको प्रभाव सबैभन्दा धेरै रहने बीबीसी हिन्दीले जनाएको छ । यो ग्रहणलाई एशिया, युरोप, अस्ट्रेलिया र अफ्रिकाबाट हेर्न सकिनेछ । आज देखिने चन्द्रग्रहण पीनम्ब्रल अर्थात् उप छाया ग्रहण हो । यसमा पृथ्वीको मुख्य छायाको बाहिर हिस्सा चन्द्रमामाथि पर्दछ । जसले गर्दा चन्द्रमा चमक फिक्का पर्नेछ ।
वरिष्ठ वैज्ञानिक टीवी वेंकटेश्वरनका अनुसार यो उप छाया ग्रहण भएको कारण यसको असर धेरै देखिनेछैन । चन्द्रमामा मात्र हल्का छाया देखिनेछ । यसले चन्द्रमाको ५८ प्रतिशत हिस्सा मात्र ढाक्नेछ ।
वेंकटेश्वरनका अनुसार यो ग्रहण हेर्न सजिलो छैन । चन्द्रग्रहण पूरा प्रभावमा तपाईंले निकै ध्यान दिनएर हेर्नुपर्ने हुन्छ । यदि अकाश सफा छ भने चन्द्रमाको उत्तरी र दक्षिणी क्षेत्रमा चन्द्रमाको चमकमा केही अन्तर देख्न सकिनेछ ।
सन् २०२० मा कूल ६ वटा ग्रहण लाग्नेछ । यसमा दुई सूर्यग्रहण र चार चन्द्रग्रहण लाग्नेछ । अब आगामी चन्द्रहरण ५ जुलाई र ३० नोभेम्बरमा लाग्नेछ भने २१ जुन र १४ डिसेम्बरमा सूर्यग्रहण लाग्नेछ ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




