काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ३२३ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । यो सँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या ४०८५ पुगेको छ ।

मंगलबारको नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले सो जानकारी दिएका हुन् । मंगलबार २९२ पुरुष र ३१ जना महिला थपिएका हुन् । जसमध्ये ३७९८ जना पुरुष र २८७जना महिला संक्रमित छन् ।

मंगलबार ९६ जना (८८ पुरुष र ८ महिला) डिस्चार्ज भएका छन् । हालसम्म ५८४ जना डिस्चार्ज भएका छन् । जसमध्ये ५०७ जना पुरुष र ७७ जना महिला छन् ।

यस्तै कोरोनाका कारण नेपालमा मृत्यु हुनेको संख्या १५ पुगेको छ । मंगलबार चितवनका एक पुरुषको कोरोनाका कारण मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार