काठमाडौं, ४ साउन । काठमाडौंको ट्राफिक व्यवस्थापन चुस्तदुरुस्त बनाउन तथा सुन्दर सहर निर्माण गर्ने उद्देश्यसहित ल्याइएको मोनोरेल काठमाडौंमा सञ्चालन गर्न सम्भव रहेको एक अध्ययनले देखाएको छ ।
साइमेक्स इंक कम्पनीले गरेको सम्भाव्यता अध्ययनले काठमाडौँमा मोनोरेल सञ्चालन सम्भव रहेको देखाएको हो । कम्पनीका अध्यक्ष प्रसिद्धबहादुर पाण्डेले काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यलाई मोनोरेल सञ्चालन सम्भाव्यता अध्ययन प्रतिवेदन मंगलबार बुझाए । त्यस अवसरमा उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठलगायत महानगरपालिकाका कर्मचारीहरूको समेत उपस्थिति थियो । सम्भाव्यता अध्ययनका लागि काठमाडौं महानगरपालिका र सो कम्पनीबीच ८ फेब्रुअरी २०१७ मा सम्झौता भएको थियो । साइमेक्स कम्पनीले चिनियाँ बीवाईडी कम्पनीसँग मिलेर सम्भाव्यता अध्ययन गरेको थियो। चार महिना लगाएर तयार पारिएको सम्भाव्यता अध्ययनमा जर्मनी र बेलायतका विज्ञहरूको समेत संलग्नता थियो।
अन्य मुलुकको तुलनामा काठमाडौंमा मोनोरेल सञ्चालन सहज रहेको प्रतिवेदनले देखाएको छ। प्रतिवेदनमा तिलगंगादेखि कलङ्कीसम्म मोनोरेल सञ्चालन गर्न तथा यसबीचमा १४ वटा स्टेसनको प्रस्तावसमेत गरिएको छ । तिलगंगादेखि कलङ्कीसम्मको दूरी १० किलोमिटर छ । प्रतिवेदनमा गौशाला, एअरपोर्ट, सिनामंगल, तीनकुने, नयाँ बानेश्वर, त्रिपुरेश्वर, टेकु–१, टेकु–२, सोल्टीमोड, मिड कलङ्की, कलङ्की, शहीद गेट र थापाथली चोकलाई स्टेसनका रूपमा प्रस्ताव गरिएको छ । कम्पनीका अध्यक्ष पाण्डेले १० किलोमिटर दूरीको लिक बनाउन ३० करोड अमेरिकी डलर र दुई वर्ष समय लाग्नसक्ने बताए । मेट्रो रेलको तुलनामा स्काई रेल सञ्चालनका लागि २० प्रतिशत रकम कम लाग्नसक्ने प्रतिवेदनमा उल्लेख छ । एउटा रेलमा दुई सयजना यात्रु अट्नसक्ने आठवटासम्म बोगी (डब्बा) जोड्न सकिने उनले बताए । त्यसैगरी प्रतिवेदनमा अन्य पाँचवटा रुटको समेत प्रस्ताव गरिएको छ । पहिलो रुटमा सातदोबाटो–लगनखेल–पुल्चोक–हरिहर भवन–त्रिपुरेश्वर–शहीद गेट–रत्नपार्क–नारायणहिटी दरबार–लाजिम्पाट–नारायणगोपाल चोकसम्मलाई प्रतिवेदनमा प्रस्ताव गरिएको छ । त्यसैगरी ११ दशमलव दुई किलोमिटर लम्बाइ रहेको कीर्तिपुर–कलङ्की–रविभवन–कालीमाटी–त्रिपुरेश्वर–माइतीघर–नयाँ बानेश्वर–तीनकुने–एअरपोर्टसम्मलाई दोस्रो रूटको रूपमा प्रस्ताव गरिएको छ । तेस्रो रुटको रूपमा कोटेश्वर–तीनकुने–सिनामंगल–चाबहिल–धुम्बाराही–नारायणगोपाल चोक–तिलिङ्टार–गोँगबु–बालाजु–स्वयम्भू–सीतापाइला चोक–कलङ्ी–बल्खु–धोबीघाट–एकान्तकुना–सातदोबाटो–ग्वार्को–कोटेश्वरको प्रस्ताव गरिएको छ । यो रुटको लम्बाइ २८ दशमलव ५३ किलोमिटर छ । त्यसैगरी स्वयम्भू–छाउनी–रत्नपार्क–बागबजार–डिल्लीबजार–पुरानो बानेश्वर–चाबहिल–बौद्धलाई चौथो रूटका रूपमा तथा धोबीघाट–पुल्चोक–पाटन दरबार–माइतीघर–सिंहदरबार–डिल्लीबजार–टंगाल–नारायणहिटी–नयाँबजार–गोँगबुलाई पाँचौँ रुटका रूपमा प्रस्ताव गरिएको छ । यी रुटको दूरी क्रमशः ११ दशमलव ७० र १३ दशमलव ८० किलोमिटर छ ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




