काठमाडौं । भारतमा कोरोना भाइरसबाट एकै दिन २ हजार बढीले ज्यान गुमाएका छन् । वल्डोमीटरका अनुसार मंगलबार भारतमा सबैभन्दा बढी २ हजार ६ जनाले ज्यान गुमाएका हुन् ।

योसँगै त्यहाँ कोरोनाबाट मर्नेको संख्या ११ हजार ९ सय २१ पुगेको छ । पछिल्लो २४ घण्टामा भारतमा ११ हजार १ सय ३५ नयाँ संक्रमित थपिएका छन् ।

योसहित त्यहाँ संक्रमित हुनेको संख्या ३ लाख ५४ हजार नाघेको छ । जसमध्ये १ लाख ८७ हजार ५ सय उपचारपछि निको भएका छन् । अहिले भारतमा १ लाख ५४ हजार ६ सय उपचार जारी छ । तिमध्ये ८ हजार ९ सयको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

विश्वका २ सय १५ देशमा फैलिसकेको कोरोनाबाट बुधबार बिहानसम्म ८२ लाख ५१ हजार संक्रमित भएका छन् । जसमध्ये ४३ लाख निको हुँदा ४ लाख ४५ हजार संक्रमितले ज्यान गुमाएका छन् ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार