मेलवर्न, २० जुलाई । गैरआवासीय नेपाली संघ (एनआरएनए)का अध्यक्ष शेष घलेले अष्ट्रेलियाको मेलबर्नमा चार तारे होटल खोल्ने भएका छन् ।
मेलबर्नको सेन्ट्रल बिजनेस डिस्ट्रिक्टमा रहेको ब्याकप्याकर होटल खरिद गर्दै त्यहाँ चार तारे होटल बनाउने योजना बनाएका छन् । घलेले केही महिनाअघि २ करोड ७१ लाख डलरमा खरिद गरेका थिए ।
हाल नेपालमा दुर्गम हिमाली गाउँ लाप्राकमा भूकम्प पीडितका लागि नमूना वस्ती निर्माण गरिरहेका घलेले भने, लाप्राकमा गरिरहेको कामका तुलनामा यो भवन जिर्णोद्वार निकै सजिलो काम हो, मैले खासै चिन्ता लिएको छैन् ।’ घले पछिल्ला दिनमा होटल बिजनेसमा लगानी तीब्र पारिरहेका छन् । झण्डै १३ अर्ब रुपैयाँको लगानीमा काठमाडौमा शेराटन होटल निर्माण गरिरहेका उनले गत वर्षमात्रै बेल्जियममा एउटा बुटिक होटल खरिद गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार