काठमाडौं । सरकारले लकडाउनको अवधिमा रातको समयमा हिँडडुल गर्न रोक लगाएको छ । सरकारले विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणका लागि लगाएको लकडाउन खुकुलो बनाएसँगै संक्रमण जोखिम बढ्ने आँकलन गर्दै रातको समयमा हिँडडुल गर्नदेखि १५ जनाभन्दा बढीको जमघट नगर्न आग्रह गरेको हो ।

गृह मन्त्रालयले शुक्रबार जारी गरेको ‘बन्दाबन्दीलाई व्यवस्थित गर्नेसम्बन्धी सुरक्षा मापदण्ड २०७७’ अनुसार अत्यावश्यक कामबाहेक राति १० देखि बिहान ५ बजेसम्म हिँडडुलमा रोक लगाइएको हो ।

ुअत्यावश्यक कामबाहेक कुनै पनि व्यक्तिलाई राति १० देखि बिहान ५ बजे हिँडडुल गर्न पूर्णतः निषेध गर्न,ु गृहको सुरक्षासम्बन्धी मापदण्डमा भनिएको छ । ११ चैत २०७६ देखि सुरु भएको लकडाउन १ असारदेखि केही खुकुलो भएपछि हिँडडुल गर्नेको संख्या बढेसँगै गृह मन्त्रालयले कडाइ गर्ने निर्णय गरेको हो ।

गृहको सुरक्षा मापदण्डमा विवाह, व्रतबन्ध, मृत्यु संस्कारजस्ता धार्मिक तथा सांस्कृतिक कार्यमा १५ जनाभन्दा बढीलाई भेलामा पनि रोक लगाइएको छ । कार्यस्थलमा रहँदा वा हिँडडुल गर्दा न्यूनतम २ मिटरको सामाजिक दूरी कायम गर्नसमेत मन्त्रालयले आग्रह गरेको छ ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार