जनकपुरधाम । नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई सात बर्षपछि मात्र अंगीकृत नागरिकता दिने नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को निर्णयको प्रदेश २ मा विरोध भएको छ ।
शनिबार बसेको प्रदेशसभा बैठकमा जनता समाजवादीका सांसदहरुले नेकपाको यो निर्णय महिला र मधेश विरोधी भएको बताएका छन् । साथै नेकपाले नेपाल र भारतको वैवाहिक र सांस्कृतिक सम्बन्धलाई उजाड्न खोजेको उनीहरूको आरोप छ ।
जनता समाजवादी पार्टीका सांसद मनिष कुमार सुमनले राज्य व्यवस्था समितिलाई प्रभावित गर्दै नेकपाले यस्तो निर्णय गरेको बताए । ‘यो घोर महिला विरोधी र मधेशीलाई लक्षित गरेर निर्णय गरिएको हो’ उनले भने, ‘यो निर्णय सुधार गराउन प्रदेश सभाबाट प्रस्ताव पारित गराउनु जरुरी छ ।’
भारतको बिहार र उत्तर प्रदेशबाट २६ लाख महिला विवाह गरेर आएको र यताका हजारौं हजार महिला भारततर्फ विवाह गरेर गएको बताए । ‘यदि भारतलाई लक्षित गरेर यो कानून बनाउन लागिएको छ भने यो हाम्रो वैवाहिक र सांस्कृति सम्बन्धलाई उजाड्ने योजना मात्रै हो’ उनले भने, ‘सीता युगभन्दा पहिलादेखिको नेपाल भारतबीचको सम्बन्धलाई जोगाउनु जरुरी छ ।’
नेपाली कांग्रेस सांसद शिवचन्द्र चौधरीले विवाह गरेर आएको ७ बर्षको बीचमा बच्चा जन्मियो र त्यहीं बीचमा महिलाका पतिको देहान्त भएमा महिलाले कसरी अधिकार पाउने भनी प्रश्न गरे । उनले कुनै राजनीतिक कारणले सम्बन्ध बिथोल्ने कार्य कदापी मान्य नहुने बताए ।
२०६३ को अन्तरिम संविधानकै आधारमा वैवाहिक अंगीकृत नागरिकता उपलब्ध गराउनुपर्ने उनले माग गरे । उनले भने, ‘यो निर्णय रोकाउन यहाँबाट केके पहल थाल्नुपर्छ, थालिहालौं ।’
जनता समाजवादीकी सांसद चमेली देवी दासले बच्चाका आमा बुवाको जन्म दर्ता नभए बच्चाको जन्म दर्ता समेत नबनाउने गरिएको भन्दै यो दुःख ती महिलाका सन्तानले समेत भोग्नुपर्ने बताइन् । उनले यो निर्णय नसच्चिए सम्पूर्ण महिला आन्दोलनम उत्रने बताइन् ।
जनता समाजवादी पार्टीकै सांसद रानी शर्मा तिबारीले विवाह गरेकी दिन महिलाका श्रीमानको केहि भयो भने महिलालाई ठूलो समस्या हुने भएकाले यो निर्णय कदापी नमान्ने बताइन् ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




