काठमाडौं । कोरोना भाइरसका कारण बालविवाह गर्नेको सङ्ख्या बढ्ने देखिएको छ । संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष (यूएनएफपीए) ले यस्तो आकलन गरेको हो ।
यूएनएफपीएका अनुुसार हाल विश्वमा सिर्जना भएको विकराल स्थिति अझै छ महिना लम्बिए सन् २०३० सम्म विश्व भरिका थप एक करोड ३० लाख किशोरी बालविवाह गर्न बाध्य हुनेछन् ।
लैङ्गिक विभेद अन्त्य गर्न विश्वव्यापी रूपमा प्रचलित हानिकारक अभ्यासको अन्त्य गर्ने क्रममा प्रगति भइरहेको बेला यस महामारीले प्रतिकूूल अवस्था सिर्जना गर्न सक्ने स्पष्ट पारिएको छ ।
यूएनएफपीएले बिहीबार जारी गरेको विश्व जनसङ्ख्या स्थिति २०२० को प्रतिवेदन अनुसार हरेक वर्ष लाखौ किशोरी परिवार एवं समुदायको पूर्ण जानकारी र सहमतिमै शारीरिक र भावनात्मक हानि पु¥याउने अभ्यासको सिकार बन्न बाध्य हुने गरेको र कोरोनाले यसमा अझ नाजुक बनाएको बताइएको छ ।
यूएनएफपीएको प्रतिवेदन अनुसार विश्वभरका करिब १९ वटा हानिकारक अभ्यासमध्ये स्तनाकार मिलाउनेदेखि कुमारित्व परीक्षण सम्मका अभ्यासलाई मानव अधिकार उल्लङ्घनका रूपमा लिइन्छ । यी अभ्यासमध्ये मूलतः बालविवाह, छोराको चाहना बढी र छोरीलाई कम महत्त्व दिनुुलाई प्रतिवेदनले हानिकारक मानेको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




