टोकियो । जापानमा भारी वर्षापछि आएको बाढी-पहिरोमा परी १६ जनाको मृत्यु भएको छ। भारी वर्षातका कारण क्युसुको दक्षिणी टापुमा आएको बाढी-पहिरोले आइतबार १६ जनाको मृत्यु भएको समाचार संस्था एनएचकेले जनाएको छ।

साथै १३ जनाअझै बेपत्ता छन् भने १७ जना अचेत अवस्थामा छन्। पहिरो गएपछि स्थानीयहरूले आफ्नो घरमा पसेका माटो निकालिरहेको देखिएको थियो। त्यस्तै सेनाले बेपत्ता हुनेहरूको खोजी गरिरहेको छ। हामीसँग बत्ती थिएन खाने पानी थिएन,ु उद्धार गरिएकी एक महिलाले भनिन्, एकदम गाह्रो थियो। त्यहाँको मौसम विभागले भने आइतबार साँझ पुनस् भारी वर्षा हुने पूर्वानुमान गरेको छ। साथै पहिरो जाने जोखिमसमेत उच्च रहेकोले सतर्कता अपनाउन भनेको छ।

क्युसुको दक्षिण टापुमा आज साँझ चट्याङसहितको भारी वर्षा हुनेछ, एक अधिकारीले समाचार संस्था रोयटर्ससँग भनेका छन्, वर्षाले माटोलाई खुकुलो बनाइसकेको छ। धेरै पानी नपरे पनि पहिरो जाने जोखिम उच्च छ।ु


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार