काठमाडौं । बाग्मती नदी सफाइ निरन्तर चले पनि फोहोर फाल्ने क्रम पनि बढ्न थालेको छ । वर्षाको भेलमा फोहोरका पोका हुत्याउनेले नदी फोहोर गर्नेक्रम बढेको छ ।
फोहोर फाल्ने मोटरसाइकल चढेरै अरूको आँखा छलेर नदीमा फोहोर फाल्ने गर्छन् । बाग्मती सभ्यता एकीकृत विकास समितिका इन्जिनियर योगेन्द्र चित्रकार सफाइ निरन्तर भइरहे पनि फोहोर हुत्याउने कार्य यो अभियानका लागि अझै चुनौतीपूर्ण छ भन्नुहुन्छ । बाग्मती सफाइ अभियान ३७७औँ हप्ता पुगेको छ ।
इन्जिनियर चित्रकार भन्नुहुन्छ, फोहोर फाल्नेलाई कारबाही गर्ने अधिकार समितिलाई छैन । स्थानीय तह वा जिल्ला प्रशासन कार्यालयले मात्र कारबाही गर्नसक्छ, यी निकायको सहयोग बिना फोहोर नदीमा हुत्याउनेलाई रोक्न सकिएको छैन ।
समितिकी कार्यकारिणी सदस्य माला खरेलका अनुसार, सुन्दरीजलदेखि टेकु दोभानसम्म अहिले पनि अभियन्ताले नदी सफाइ गरिरहेका छन् । कोरोना भाइरस ९कोभिड–१९० का कारण भएको बन्दाबन्दीको समयमाबाहेक बन्दाबन्दी खुला भएयता निरन्तर नदी सफाइ भइरहेको छ ।
ठूलो सङ्ख्यामा अभियन्ताको सहभागी भने अहिले छैन । काठमाडौँ महानगरपालिका ७ का सदस्य कृष्णमणि भट्टराई नदीमा फोहोर फाल्नेलाई कारबाही गर्न स्थानीयले सहयोग गर्नुपर्ने बताउँछन् । बिहानपख मोटरसाइकलमा झुन्ड्याएर नदीमा फोहोर हुत्याउने निकै रहेको गुनासो वडा कार्यालयमा आएको भट्टराई बताउँछन् ।
बागबजारको टुकुचा, त्रिपुरेश्वरको टुकुचा निकास, रुद्रमतीको चाबहिल क्षेत्र, रातोपुुल क्षेत्रमा फोहोर नदीमा खसाल्ने प्रवृत्ति छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




