टोकियो/जापान । सोमबार अगस्ट १७ तारिख जापानको राजधानी टोकियोमा एकैदिन १६१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो विगत केहिदिन यताकै थोरै संख्या हो । पछिल्ला केहि समय यता टोकियोमा थोरैमा पनि दैनिक २०० जनाको हाराहारीमा संक्रमित पुष्टि हुँदैआएको थियो ।

सोमबार पुष्टि भएको संख्यासंगै टोकियो भित्र कुल संक्रमित संख्या १७ हजार ८ सय ७५ जना पुगेको छ । हालसम्म टोकियोमा संक्रमित मध्ये ३४० को मृत्यु भएको छ भने, १३ हजार ७ सय ५९ जनाले स्वास्थ्य लाभ लिएका छन् ।

आईतबार जापानमा १,०२१ जनामा कोरोना संक्रमण,कुल संक्रमित संख्या ५६,९२६ पुग्यो


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार